निर्वाचनमा सेना परिचालन गर्न स्वीकृति

1.3K

निर्वाचनमा सेना परिचालन गर्न स्वीकृति

राष्ट्रपति विद्यादेवी भण्डारीले निर्वाचनमा सेना परिचालनको लागि स्वीकृति प्रदान गर्नुभएको छ । राष्ट्रिय सुरक्षा परिषदको सिफारिस र मन्त्रीपरिषदको निर्णको आधारमा राष्ट्रपति भण्डारीले आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सेना परिचालन गर्न स्वीकृति दिनुभएको हो ।
स्थानीय तह निर्वाचनलाई स्वतन्त्र, निश्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्नको लागि राष्ट्रिय सुरक्षा परिषद र मन्त्रीपरिषदको निर्णयका आधारमा प्रधामन्त्री शेरबहादुर देउवाले राष्ट्रपति समक्ष सिफारिस गर्नुभएको थियो ।