बुटवल उपमहानगरपालिकाको मेयर पदको टिकटको लागि एमालेले आठ जनाको नाम सिफारिस गरेको छ । नेकपा एमाले बुटवल नगर कमिटिको बैठकले हालका मेयर शिवराज सुवेदी, उपमेयर गूमादेवी आचार्य सहित आठ जनाको नाम सिफारिस गरेको हो ।
एमाले बुटवल नगर कमिटि अध्यक्ष किशन ज्ञवालीका अनुसार हालका मेयर सुवेदी उपमेयर आचार्य, सावित्रा अर्याल, गोपाल राना, बाबुराम भट्टराई, तेजेन्द्र केसी, रामप्रसाद रेग्मी र सुर्यबहादुर भट्टराईको नाम नगर कमिटिले सिफारिस गरेको हो ।
यद्यपी मेयरमा टिकटको लागि शिवराज सुवेदी, गोपाल राना र बाबुराम भट्टराई बिच चर्को प्रतिस्पर्धा छ ।