रुपन्देहीको मणिग्राममा १ अर्व रुपैंयाको लगानीमा सुपरमार्केट सञ्चालनको तयारी गरिएको छ । कफि कम्पनीसंगै रहेको आई.एन.जि.ए. कम्प्लेक्समा सञ्चालनको तयारी गरिएको ‘एन.जि. मार्केट’ नयाँ वर्षसंगै भोली (बिहिबार) शुभारम्भको तयारी गरिएको हो ।
तिलोत्तमा नगरपालिका वडा नं. ५ राधाकृष्ण टोलमा सञ्चालन गरिएको एन.जि. मार्केटमा एउटा परिवारलाई आवश्यक पर्ने सबै प्रकारका घरायसी सामाग्रिहरु राखिएको प्रालिका अध्यक्ष नारायण वञ्जाडेले बताउनु भयो । बुधबार त्यसका बारेमा जानकारी गराउन आयोजना गरिएको पत्रकार सम्मेलनमा प्रालिका अध्यक्ष वञ्जाडेले आफ्नै साढे २ विगाहा जग्गामा निर्माण गरिएको उक्त कम्प्लेक्समा जग्गा बाहेक एक अर्वको लगानी गरिएको जानकारी गराउनु भयो ।
कम्प्लेक्समा घरायसी समानहरु खाद्यान्न, लत्ताकपडा लगायत आवश्यक सम्पुर्ण समानहरु राखिएको छ । त्यस्तै एकैपटक चार सय जनाले सेवा लिन सक्ने रेष्टुरेन्ट, लेडिज तथा जेन्सहरुका लागी आबस्यक बुटिकका सामानहरु, लेजिड एण्ड जेन्स पार्लर, कस्मेटिक लगायतका पसलहरु समेत रहने उहाँले बताउनु भयो । त्यस्तै घर, होटल, अफिस लगायतमा आवश्यक फर्निचरहरुको शोरुम पनि राखिनेछ । अध्यक्ष वञ्जाडेका अनुसार यो सबै पुरा हुनको लागि कम्तिमा ३ महिना लाग्नेछ ।
एउटै छानामुनी ८० हजार स्क्वायर फूट क्षेत्रफलमा फैलिएको र सबैप्रकारका सामानहरु पाईने यो नेपालकै ठूलो सपिङ कम्प्लेक्स भएको उहाँको दावीछ । त्यस्तै अहिले त्यहाँ करिव सय जनाले रोजगारी पाईसकेका छन् । फूलफेजमा सञ्चालनमा आउँदा कम्तिमा २ सय जना स्थानीयले रोजगारी पाउने पनि उहाँले जानकारी गराउनु भयो । त्यस्तैगरी कम्पनीले होम डेलीभरीको पनि सेवा दिनेछ ।