बुटवलको मेरयमा काँग्रेसबाट दर्जन बढी आकाँक्षी

1.3K

बुटवलको मेरयमा काँग्रेसबाट दर्जन बढी आकाँक्षी

बुटवलको मेयरको लागि नेपाली काँग्रेसबाट दर्जनबढी आकाँक्षी देखिएका छन् । सत्ता गठबन्धनमा रहेका दलहरु नेपाली काँग्रेस, माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चाले चुनावी तालमेल गरेका छन् । सोही कारण बुटवलको मेयर कुन दलले पाउने भन्ने सम्म निश्चित छैन । यद्यपी एमालेलाई टक्कर दिन काँग्रेसकै नेतृत्व आवश्यक पर्ने दलिल सहित काँग्रेसका नेताहरुले मेयरमा दावी गरिरहेका छन् ।
पूर्व–पश्चिम उत्तर–दक्षिणको संगम बुटवलको मेयरको टिकटका लागि प्रमुख दावेदार क्षेत्रीय सभापति हरि लम्साल र नगर सभापति खेलराज पाण्डे मानिनुहुन्छ । अघिल्लो स्थानीय तहको निर्वाचनमा एमालेका उम्मेदवार शिवराज सुवेदीसंग झिनो मतले पराजित भएका कारण अरु दलले समेत काँग्रेसबाट मेयरको उम्मेदवार रुपमा पाण्डेलाई नै हेर्ने गरेका छन् ।
अघिल्लो स्थानीय तहको निर्वाचनमा क्षेत्रीय सभापति समेत रहेका हरि लम्साल पनि मेयरमा आकाँक्षी हुनुहुन्थ्यो । पाण्डेले टिकट पाएपछि लम्साल व्याक हुनु परेको थियो । त्यसैले अहिले आफू स्वभाविक दावेदार भएको लम्सालले बताउनु भयो ।
त्यसबाहेक काँग्रेसबाट बुटवलको मेयरमा दावेदारी प्रस्तुत गर्ने नेताहरु रामबहादुर कार्की, महेशमान सिंह, प्रकाश राना, रामेश्वर श्रेष्ठ, अर्जुनमान सैंजु, चुन्न पौडेल, मुक्तिराज पौडेल, महिला नेतृहरु बालकुमारी भण्डारी, जमुना ढकाल, रीता सेन, रीता केसी लगायत छन् । यद्यपी नेतृ जमुना ढकाल पाँच दलीय गठबन्धनको चुनावी तालमेल भएकाले आफू मेयरको दावेदार हुँदाहुँदै पनि उपमेयर मागिरहेको बताउनु भयो ।
मेयरमा आकाँक्षा राख्ने महिला नेतृ वालकुमारी भण्डारीले नेपालको राजनीतिक आन्दोलनमा नेतृत्वदायी भूमिका खेल्ने महिला पनि सक्षम र योग्न भएकाले अहिले बुटवलको मेयरमा महिलालाई अगाडि सार्नुपर्ने बताउनु भयो ।