रुपन्देही जिल्लामा विभिन्न समयमा नेपाल विद्यार्थी संघको अध्यक्ष सम्हालेका पुर्व अध्यक्षहरुको बैठक बिहिबार बुटवलमा सम्पन्न भएको छ । संस्थापक अध्यक्ष हेमराज अर्यालको अध्यक्षतामा भएको बैठकले वैठक संचालनका लागि कार्यविधि निमार्ण गर्ने निर्णय गरेको छ ।
त्यसैगरि कार्यविधि मस्यौदा निर्माण गर्न मोहन शर्माको संयोजकत्वमा हरि न्यौपाने र विष्णु पोख्रेल सदस्य रहेको समिति गठन गरिएको छ । वैठकले आसन्न स्थानीय तहको निर्वाचनमा गठवन्धनको विषयमा गम्भिर ध्यानाकर्षण गरेको छ । पार्टीले स्थानीय आवश्यकताका आधारमा गठबन्धन गर्ने निर्णय गरेपनि पछिल्लो समयमा गठबन्धन दलहरुको दावी अस्वभाविक देखिएकोले दलीय हैसियतका आधारमा पद वांडफांड गर्न माग गरेको छ ।
साथै नेपाली कांग्रेस सहितको गठबन्धनमा आवद्ध उमेदवारहरुलाई विजयी बनाउन विशेष भुमिका खेल्ने निर्णय गरेको छ । बैठकमा नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापती अमर पुनले पुर्व अध्यक्षहरुको सक्रियता आवश्यक रहेको भन्दै कांग्रेसको पक्षमा माहोल निमार्ण गर्न सक्रियता पुर्वक लाग्न आग्रह गर्नु भयो । उहांले आसन्न निर्वाचनमा पार्टी संगठनमा विगतदेखि लागेकाहरुको निकै ठुलो योगदान रहने भन्दै आ–आफ्नो ठांउमा सक्रियता पुर्वक परिचालित हुन आग्रह समेत गर्नु भयो ।
वैठकमा नेविसघ रुपन्देहीका पुर्व अध्यक्षहरु हरिध्वज मल्ल, मोहनराज शर्मा, फणिन्द्र शर्मा, हरि न्यौपाने, शैलेशकुमार पन्त, शुशिल गुरुङ, प्रकाश राना, जमुना ढकाल, विष्णु पोख्रेल, मिलन थापा लगायतको सहभागिता रहेको थियो ।
वैठकले नयां वर्ष २०७९ को अवसरमा देश विदेशमा रहेन सबैलाई शुभकामना व्यक्त गरेको छ ।
साथै नेविसंघ रुपन्देहीका पुर्व अध्यक्षहरु गृहमन्त्रीमा वालकृष्ण खांण, प्रदेश कोषाध्यक्षमा प्रकाश राना, प्रदेश सदस्यमा विष्णु पोखरेल, प्रदेशका मुख्य सचिवमा मोहनराज शर्मा, रुपन्देही क्षेत्र नं. ३ का सभापतिमा सुशिल गुरुङ पार्टीको, क्षेत्रीय सहसचिवमा मिलन थापा हुनु भएकोमा बधाई ज्ञापन गरेको छ ।