नेपाल फार्मेसी संघ जिल्ला शाखा रुजन्देहीको कार्यालय उद्घाटन गरिएको छ । शनिबार एक कार्यक्रमका बिच बुटवल उपमहानगरपालिका वडा नं. ६ बुद्धपथमा संघको कार्यालय उद्घाटन गरिएको हो ।
कार्यालयको संघका केन्द्रीय उपाध्यक्ष किरण ढकालले उद्घाटन गर्नुभएको हो । त्यस अवसरमा बोल्दै केन्द्रीय उपाध्यक्ष ढकालले व्यबसायिक शुद्धताको लागि संस्थाले केही समयभित्रै गुड फार्मेसी प्राक्टिस तालिम आयोजना गरिने बताउनु भयो ।
संघका रुपन्देही शाखा अध्यक्ष गणेशप्रसाद सेढाईको अध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रममा संघका लुम्बिनी प्रदेश अध्यक्ष ध्रुवकुमार शर्मा, उपाध्यक्ष गोविन्द तिवारी लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो । संघका जिल्ला महासचिव उदयबहादुर खत्रीको सञ्चालनमा कार्यक्रम भएको थियो ।