बुटवलमा कांग्रेस र एमाले उम्मेदवारले गरे मनोनयन दर्ता

1.3K

बुटवलमा कांग्रेस र एमाले उम्मेदवारले गरे मनोनयन दर्ता


बुटवल उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवारले मनोनयन पत्र दर्ता गराएका छन् । कांग्रेसबाट खेलराज पाण्डेय र नेकपा एमालेबाट बाबुराम भट्टराईले मनोनयन दर्ता गराएका हुन् । पाँच दलीय गठबन्धनबाट पाण्डेयले आज दिउँसो १ बजे बुटवल उपमहानगरपालिकामा स्थापना गरिएको निर्वाचन कार्यालयमा पुगेर मनोनयन दर्ता गर्नुभएको हो ।
पाण्डेय नेपाली कांग्रेस बुटवलका लगातार तीन कार्यकालदेखि नगर सभापति समेत हुनुहुन्छ । बुटवलमा गठबन्धनको तर्फबाट मेयर नेपाली कांग्रेसले पाएको हो भने उपमेयर नेकपा एकीकृत समाजवादीको भागमा परेको छ । समाजवादीबाट चीनबहादुर गुरुङले पनि उम्मेदवारी मनोनयन गर्नुभएको छ । बुटवलमा कांग्रेसले मेयरसहित १६ वटा वडाध्यक्षमा उम्मेदवारी मनोनयन गरेको हो । मनोनयन दर्तापछि प्रमुखका उम्मेदवार पाण्डयेले बुटवललाई देशकै सबल आर्थिक केन्द्र बनाउने प्रतिबद्वता जनाउनुभयो । उहांले बुटवलको सुकुम्बासी समस्या स्थायी रूपमा समाधान गर्ने उहाको दाबि छ । बुटवलको सिक्स लेन सडक सुधार गर्ने ,मोतिपुर औद्योगिक क्षेत्रलाइ सबैको सहमतिमा अगाडी बढाउने,बुटवललाइ नमुना बनाउने प्रतिबद्धता जनाउनुभयो । कांग्रेस उम्मेदवार पाण्डेय बुटवलको वीपीचोकमा रहेको वीपीको शालिकमा माल्यार्पण गरेर कांग्रेस नेता कार्यकर्ताको जुलुस सहित उम्मेदवारी दर्ता गर्न निर्वाचन कार्यालय पुग्नु भएको थियो । यस्तै नेकपा एमालेबाट मेयर पदका उम्मेदवार बाबुराम भट्टराईले सुख्खानगरस्थित पार्टी कार्यालयबाट जुलुससहित आएर मनोनयन दर्ता गर्नुभयो । उहाँको मनोनयन दर्ताका क्रममा पार्टी उपाध्यक्ष विष्णु पौडेल पनि उपस्थित हुनुभएको थियो।