मतदानको निम्तो दिन रिब्दीकोटका उम्मेदवार बुटवल

1.3K

मतदानको निम्तो दिन रिब्दीकोटका उम्मेदवार बुटवल

पाल्पाको रिब्दीकोट गाउँपालिकामा सत्ता गठबन्धनमा रहेका दलका उम्मेद्वारले बुटवलमा रहेका मतदाता माझ भेटघाट तथा अन्तरक्रिया कार्यक्रम गरेका छन् । उनीहरुले गठबन्धनका उम्मेद्वारको पक्षमा माहौल बनाउनको लागि पनि बुटवलका मतदातालाई आग्रह गरे । गाउँपालिकाको विकासको लागि गठबन्धनका उम्मेदवारले साझा प्रतिवद्धता व्यक्त गर्दै जतिसक्दो चाँडो आफ्नो क्षेत्रमा आएर चुनावमा परिचालित हुन र मतदानमा सहभागि हुन उम्मेदवारहरुले आग्रह गरेका हुन् ।
गाउँपालिकामा अहिले गठबन्धनको पक्षमा राम्रो माहौल बनेको भन्दै बुटवलमा रहेका मतदातालाई निम्तो दिनको लागि आएको अध्यक्षका उम्मेदवार नारायणबहादुर कार्कीले बताउनु भयो । कार्यक्रम रिब्दीकोट–रुपन्देही सम्पर्क समितिका अध्यक्ष जंगबहादुर कुवंरको अध्यक्षतामा भएको थियो ।
पाल्पाको रिब्दीकोट गाउँपालिकामा सत्ता गठबन्धनको तर्फबाट गाउँपालिकाका अध्यक्ष पदमा माओवादी केन्द्रका नारायणबहादुर कार्की र उपाध्यक्ष पदको लागि नेपाली काँग्रेसको तर्फबाट कान्ता अधिकारी उम्मेदवार हुनुहुन्छ । त्यस्तै वडा नं. १ ख्याहाको अध्यक्ष पदमा रामचन्द्र पाण्डे (काँग्रेस), २ मा ओमप्रकाश पौडेल (काँग्रेस), वडा नं. ३ खस्यौलीमा नारायण कार्की (काँग्रेस), वडा नं. ४ भैरवस्थानमा शोमकुमार कार्की (राष्ट्रिय जनमोर्चा), ५ कुसुमखोलामा मनबहादुर अस्लामी (काँग्रेस), ६ पोरकनीमा प्रकाश रायमाझी (माओवादी), ७ मा नारायणबहादुर कुवँर (माओवादी) र वडा नं. ८ चुराबहादुर छहरी (काँग्रेस) उम्मेदवार हुनुहुन्छ ।