चुनावको मुखमा लुम्बिनीका ६ नेतालाई साधारण सदस्य समेत नरहनेगरी एमालेको कारवाही

1.3K

चुनावको मुखमा लुम्बिनीका ६ नेतालाई साधारण सदस्य समेत नरहनेगरी एमालेको कारवाही

पार्टी निर्णय विपरित गतिबिधि गरेको भन्दै नेकपा एमालेले लुम्बिनी प्रदेश कमिटिमा रहेका ६ जना नेतालाई कारवाही गरेको छ । आसन्न स्थानीय तहको निर्वाचनको संघारमा पार्टी हित विपरित गतिबिधि गरेको भन्दै एमाले लुम्बिनी प्रदेश कमिटिले सो कमिटिमा विभिन्न जिम्मेवारीमा रहेका ६ जनालाई साधारण सदस्य समेत नरहने गरी कारवाही गरेको हो ।
एमालेको लुम्बिनी प्रदेश कमिटिले पार्टी निर्णय विपरित लागेको र स्वतन्त्र उम्मेदवारी समेत दिएको भन्दै कपिलबस्तुका कुमार मधु वेलवासे, पाल्पाका रामबहादुर रावल र दिनेश रावल, प्युठानका टिकाबहादुर गुरुङ तथा रुपन्देहीका सञ्जय गुप्ता र बाबुलाल यादवलाई दिईएको जिम्मेवारी खोस्दै साधारण सदस्य समेत नरहनेगरी कारवाही गरिएको प्रदेश कमिटि अध्यक्ष राधाकृष्ण कंडेलले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।