नवोदित उपन्यासकार आचार्यको जन्मदिन : सहयोगापेक्षी मानवको सेवामा

1.3K

नवोदित उपन्यासकार आचार्यको जन्मदिन : सहयोगापेक्षी मानवको सेवामा

नवोदित उपन्यासकार सपना आचार्यले आफ्नो पहिलो उपन्यास ‘मलियो माटो’ बिक्रि भएको पैसाबाट मानव सेवा आश्रममा आश्रय लिएका सडक मानवहरुलाई खाना खुवाउनु भएको छ ।
उपन्यासकार आचार्यले आफ्नो जन्मदिनको अवसरमा सोमबार बुटवलको मानव सेवा आश्रममा आश्रीत ७० जनालाई खाना खुवाउनु भएको हो ।
जन्मदिन मनाउन होटल रेष्टुरेन्टमा गएर हजारौं खर्च गर्नुभन्दा असाहाय दीनदुखिसंग मनाउन पाउँदा आफूलाई निकै खुसि मिलेको बताउनु भयो । उहाँले आफ्नो यो कर्मले समाजमा सन्देश पनि जाने र युवा पुस्तालाई प्रेरणा मिल्ने पनि विश्वास व्यक्त गर्नुभयो ।

त्यस अवसरमा मानव सेवा आश्रमकी सरु अधिकारीले उपन्यासकार आचार्यलाई खादा मालाले सम्मान गर्नुभएको थियो । अधिकारीले यस्तो कर्मले गरिव दुखिको सेवाको लागि विशेष गरेर युवा पुस्तामा एउटा राम्रो सन्देश दिएको बताउनु भयो । मावन सेवा आश्रममा आएर सेवा गरेकामा आभार पनि व्यक्त गर्नुभयो ।
उहाँले लेखेको उपन्यास ‘मलियो माटा’ नारी प्रधान उपन्यास हो । यो उपन्यास चैत महिनामा उत्कृष्ट आठौं स्थानमा छ ।