तिलोत्तमामा एमाले चुनाव प्रचार समिति सदस्यसहित सातसय बढी काँग्रेसमा प्रवेश

1.3K

तिलोत्तमामा एमाले चुनाव प्रचार समिति सदस्यसहित सातसय बढी काँग्रेसमा प्रवेश

रुपन्देहीको तिलोत्तमामा एमाले चुनाव प्रचार समिति सदस्य धनलाल अधिकारी सहित सात सय बढी नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । उनीहरु एमाले परित्याग गरि काँग्रेसमा प्रवेश गरेका हुन् ।
नेपाली काँग्रेसले बिहिबार तिलोत्तमाको मणिग्राममा आयोजना गरेका चुनावी सभामा पार्टीका महामन्त्री विश्वप्रकाश शर्मा सहितका नेताहरुले उनीहरु (नवप्रवेशी)लाई नेपाली काँग्रेसमा प्रवेश गराउनु भएको हो ।