पाल्पाको रिब्दीकोट गाउँपालिकामा पाँच दलिय गठबन्धनका उम्मेदवार ६५ मतले अगाडि छन् । रिब्दीकोटमा वडा नं. १ र ८ को गणना सकिँदा गाउँपालिका अध्यक्षमा गठबन्धनबाट उम्मेदवार बनेका नारायणबहादुर कार्कीले १ हजार ४१६ मत र एमालेका उम्मेदवार नारायणबहादुर जिसीले १ हजार ३५१ मत प्राप्त गरेका छन् ।
उपाध्यक्ष पदमा एमालेकी लक्ष्मी खनाल १ हजार ३८८ मत सहित अगाडि छन् । उपाध्यक्षमा गठबन्धनबाट काँग्रेस उम्मेदवार कान्ता अधिकारीले १ हजार ३५५ मत प्राप्त गरेकी छन् । वडा नं. १ मा एमाले उम्मेदवार चिर
चिरञ्जिबी पोखरेल ७८२ मत सहित विजयी भएका छन् भने काँग्रेस उम्मेदवार रामचन्द्र पाण्डेले ७७६ मत प्राप्त गरेका छन् । वडा सदस्यमा भिमबहादुर राना र खुमबहादुर कुमाल तथा महिला सदस्यमा सीता कुमाल र दलित महिला सदस्यमा पवित्रा सुनार जियी भएका छन् । सदस्य चारै जना नेपाली काँग्रेसबाट हुन् ।
त्यस्तै वडा नं. ८ मा नेपाली काँग्रेसको प्यानल नै निर्वाचित भएका छन् । अध्यक्षमा काँग्रेसका चुराबहादुर छहरी मगर निर्वाचत भएका छन् । उनले ६२१ मत प्राप्त गर्दा उनका प्रतिद्वन्दी एमालेका चक्रबहादुर कुवँरले ६१७ मत प्राप्त गरे । वडा सदस्यमा काँग्रेस उम्मेदवारहरु भिमबहादुर राना, खुमबहादुर कुमाल, महिला सदस्यमा सीता कुमाल र दलित महिला सदस्यमा पबित्रा सुनार निर्वाचत भएका छन् ।