रुपन्देहीको देवदहको मेयर पदमा एमाले उम्मेदवार ध्रुवप्रसाद खरेल ८४ मत सहित अगाडि छन् । देवदहमा अहिलेसम्म ७ हजार ५ सय मत गणना भएको छ । मेयरमा एमाले उम्मेदवार खरेलल २ हजार ७६३ मत प्राप्त गर्दा नेपाली काँग्रेसका उम्मेदवार हिराबहादुर खत्रीले २ हजार ६७९ मत प्राप्त गरेका छन् ।
देवदहमा अहिले वडा नं. १, २, ३ र ४ को मतगणना भईरहेको छ ।