लुम्बिनी प्रदेश सरकारले तयार गरेको नीति तथा कार्यक्रमको मस्यौदामाथि छलफल

1.3K

लुम्बिनी प्रदेश सरकारले तयार गरेको नीति तथा कार्यक्रमको मस्यौदामाथि छलफल

लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षको लागि तयार गरेको सरकारको नीति तथा कार्यक्रमको मस्यौदा माथि छलफल गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले मंगलबार बुटवलमा अन्तरमन्त्रालय विच प्रदेश सरकारको आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रमको मस्यौदा माथि छलफल गरिएको हो ।
प्रदेश सरकारले कृषिलाई मुख्य प्राथमिकतामा राखेर नीति तथा कार्यक्रमको मस्यौदा तयार गरेको छ । अघिल्लो वर्ष स्वास्थ्यलाई प्राथमिकता दिईएको थियो । त्यस्तैगरी आगामी नीति कार्यक्रममा पर्यटन, खेलकुद, शिक्षा, औद्योगिक विकास लगायतका कार्यक्रमलाई प्राथमिकता दिईएको एक मन्त्रीले बताउनु भयो ।
सरकारले यहि जेठको २३ गते नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गर्ने तयारी गरेको छ । सोही अनुसार नीति तथा कार्यक्रम र त्यसपछि बजेटमा सरकारका सबै मन्त्रालयहरु केन्द्रीत भएका छन् ।