विकास तथा प्रकोप व्यवस्थापन केन्द्र (सि.डि.एम.) नेपालले काम गरिरहेका क्षेत्रका नवनिर्वाचित जनप्रतिनीधिहरुलाई आफ्ना कार्यक्रमका बारेमा ब्रिफिङ गरिएको छ । संस्थाले आईतबार बुटवलमा कार्यक्रमको आयोजना गरि उनीहरुलाई सञ्चालन गरिरहेका कार्यक्रमको बारेमा जानकारीमूलक ब्रिफिङ गरेको हो ।
सिडिएम नेपालले मेजेरियर÷के.जेड.ई जर्मनीको सहयोगमा रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका र समरीमाई गाउपालिका तथा नवलपरासीको पाल्हीनन्दन, सरावल र प्रतापपुर गाउपालिकामा जिविकोपार्जन सम्बन्धि समुदाय उत्थानशिल कार्यक्रम सञ्चालन गरेको संस्थाका कार्यकारी निर्देशक धर्मराज घिमिरेले जानकारी दिनुभयो । यो कार्यक्रम विगत ५ वर्षदेखि सञ्चालनमा रहेको र समुदायमा सकारात्मक प्रभाव परेको संस्थाका अध्यक्ष विष्णुप्रसाद खरेलले बताउनु भयो ।
त्यस अवसरमा नवनिर्वाचित जनप्रतिनीधिहरुले संस्थाले सञ्चालन गरेको जनमुखी कार्यक्रममा आफूहरुको पनि साथ र सहयोग रहने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो । त्यसै अवसरमा संस्थाले नवनिर्वाचित जनप्रतिनीधिहरुलाई सम्मान समेत गरेको थियो । कार्यक्रममा ती ५ वटै पालिकाका प्रमुख उपप्रमुख तथा वडा अध्यक्षहरुको सहभागिता रहेको थियो ।