मतदाता नामावली संकलन तथा अद्यावधिक गरिँदै

1.3K

मतदाता नामावली संकलन तथा अद्यावधिक गरिँदै

निर्वाचन आयोगले असार १ गतेदेखि मतदाता नामावली संकलन तथा अद्यावधिक गर्ने भएको छ । आगामी प्रतिनीधि सभा तथा प्रदेश सभा निर्वाचनलाई लक्षित गरी निर्वाचन आयोगले असार १ गतेदेखि मतदाता नामावली संकलन तथा अद्यावधिक गर्न लागेको हो ।
स्थानीय तहको निर्वाचनको मिति घोषणा भएपछि गत माघ २५ गतेदेखि मतदाता नामावली संकलन तथा अद्यावधिक गर्ने काम स्थगित गरिएको थियो । अव नागरिकता लिएका र मतदाता नामावली ऐन, २०७३ बमोजिम योग्यता पुगी नाम दर्ता गर्न छुट भएका सबै नेपाली नागरिकहरुले प्रदेश तथा जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयमा गई आफ्नो नाम दर्ता गराउन सक्ने आयोगले जनाएको छ ।
आयोगका अनुसार मतदाता नामावली संकलन तथा अध्यावधिक अन्तरगत नाम दर्ता गर्न तथा विवरणमा भएको त्रुटि सच्याउन, मतदाता नामावलीबाट नाम हटाउन, ठेगाना परिवर्तन, मतदान स्थल परिवर्तन, दोहोरो परेको नाम हटाउन सम्बन्धित निर्वाचन कार्यालयमा निवेदन दिनुपर्ने छ ।
आगामी निर्वाचनमा कोही पनि नछुट्ने गरी आफ्नो नाम अद्यावधिक गराउन र यस कार्यमा सघाउन सबै राजनीतिक दलहरुलाई आयोगले आग्रह गरेको छ ।