पूर्वपश्चिम राजमार्गमा पर्ने नवलपरासीको तुरिया खोलाको डाइभर्सन बाढीले बगायो

1.3K

पूर्वपश्चिम राजमार्गमा पर्ने नवलपरासीको तुरिया खोलाको डाइभर्सन बाढीले बगायो

पूर्वपश्चिम राजमार्गको सुनवल सडकखण्डमा पर्ने तुरिया खोलाको डाइभर्सन बाढीले बगाउँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएपछि वैकल्पिक सडकबाट यातायात सुचारु गरिएको छ ।
बिहिबार राती परेको वर्षाका कारण तुरिया खोलामा आएको बाढीले खोलामा बनाइएको डाइभर्सन बगाएको हो । जसका कारण पूर्वपश्चिमको सवारी आवागमन बन्द भएको ट्राफिक प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।
बुटवल–नारायणगढ सडक विस्तारका क्रममा नवलपरासीका अधिकांश पुलहरु निर्माणाधिन अवस्थामा छन् । सडक विस्तारको क्रममा रहेकाले अधिकांश खोलामा डाइभर्सन बनाईएको छ ।
तरिया खोलामा डाइभर्सन बगाएपछि पूर्वबाट पश्चिमतर्फ जाने गाडीहरुलाई सुनवलको भुमहीबाट भैरहवा हुँदै पश्चिमका लागि पठाइएको छ भने पश्चिमबाट पूर्वतर्फ जान गाडी पनि सोही बाटोबाट पठाइएको प्रहरीले जनाएको छ ।
खोलामा पानीको मात्रा घटेपछि डाइभर्सन बनाउने भएकाले सडक सुचारु हुन केही समय लाग्ने प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।