लायन्स शान्तिदीपद्वारा विद्यार्थीलाई अभिमुखिकरण

1.3K

लायन्स शान्तिदीपद्वारा विद्यार्थीलाई अभिमुखिकरण

लायन्स क्लब अफ बुटवल शान्तिदीपले तिलोत्तमा नगरपालिकामा रहेको कानुन र बन बिज्ञान सम्बन्धी पढाई हुने लुम्बिनी एकीकृत एकेडेमीका बिद्यार्थीलाई उद्धमशिलता सम्बन्धी अभिमुखिकरण तथा अन्तक्रिया कार्यक्रम गरेको छ ।
लायन्स क्लव डिष्ट्रकका सल्लाहकार तथा उधमशिलता सम्बन्धी प्रमुख प्रशिक्षक मुकुन्द ज्ञवालीले त्यहाँका बिद्यार्थीसंग करिब दुइ घन्टा प्रशिक्षण तथा अन्तरक्रिया गर्नुभएको हो । उहाँले नविनत्तम सोचलाई कसरी छिटो उद्धमशिलतासंग जोड्ने र आत्मनिर्भर बन्ने बिषयमा जानकारी गराउनु भएको थियो ।
कार्यक्रममा लायन्स डिष्ट्रिक ३२५ पिका डिष्ट्रिक गभर्नर पुरुषोत्तमभक्त प्रधानाङ्गले लायन्स क्लवको बारेमा जानकारी दिदै सामाजिक उत्तरदायित्व यसको प्रमुख उदेश्य रहेको बताउनु भयो । लायन्स शान्तिदीपले गरेको उक्त कार्यक्रमको बारेमा प्रशंसा गर्दै सामाजिक सेवाको कार्य अन्तर्गत युवा बिद्यार्थीको क्षमाता अभिबृद्धि गर्ने उदेश्यका साथ गरेको कार्यक्रमले लायन्स क्लब लाई अझै उचाईमा पुर्याउन मद्धत गरेको बताउनु भयो ।
क्लवले बिगतमा बृक्षरोपण, रक्तदान तथा विभिन्न खालका आश्रममा खाद्य बस्तु प्रदान गरेर सेवा गरेकोमा अब देखि यस्ता खालका प्रशिक्षण तथा सिकाइ सम्बन्धी कार्यक्रमलाइ पनि जोडेर लायन्स क्लव लाई युवा बिद्यार्थी बिच परिचित गराउने र उनीहरुलाई क्षेमता विकासका कार्यक्रमलाई दिरन्तरता दिईने क्लवका अध्यक्ष विशाल पन्थीले जानकारी गराउनु भयो ।
कार्यक्रममा उक्त एकेडेमीका निर्देशक अशोककुमार मल्लिकले कार्यक्रम आयोजना गरेकोमा धन्यवाद ब्यक्त गर्नुभयो । कार्यक्रममा लायन्स शान्तिदीपका पदाधिकारी सदस्य तथा लायन्स डिष्ट्रकका अन्य नेता र एकेडमीका प्रध्यापकहरुको पनि उपस्थिति रहेको थियो । क्लवका उपाध्यक्ष प्रकाश अधिकारीको संयोजकत्वमा सम्पन्न उक्त कार्यक्रमको पहिलो शत्र सचिव लक्ष्मीनारायण खनाल र दोश्रो सत्र सहसचिव जालन्धर भुसालको सञ्चालनमा भएको थियो ।