नेपाल प्रहरीकाे नेतृत्व दानबहादुर कार्कीले सम्हाल्नु भएकाे छ । नेपाल प्रहरीकाे महानिरिक्षक पदमा नियुक्त कार्कीले आज बुधबारदेखि नेपाल प्रहरीकाे नेतृत्व लिनुभएकाे हाे ।
नेपाल सरकार मन्त्रिपरिषद्काे बैठकले आजकै मितिदेखि लागुहुने गरि कार्कीलाई नेपाल प्रहरीको ३३औं महानिरीक्षक (आईजीपी) मा नियुक्त गरेकाे थियाे ।
सरकारको निर्णय अनुसार अबका प्रहरी प्रमुखका रूपमा कार्कीले नेतृत्व सम्हाल्नुहुनेछ । उहाँले संगठनभित्र सुशासन, व्यावसायिकता र जनमैत्री सेवाको विस्तारमा जोड दिने प्रतिबद्धता जनाउनुभएको छ ।
सुरक्षा व्यवस्थापनमा दक्ष, इमानदार र अनुशासित अधिकारीका रूपमा चिनिनुभएका कार्कीको नेतृत्वमा नेपाल प्रहरीले अझ प्रभावकारी र जनमुखी सेवा प्रदान गर्ने अपेक्षा गरिएको छ ।