कांग्रेस देउवा समूहको लुम्बिनी प्रदेश सभापतिमा रोज राणा

1.3K

कांग्रेस देउवा समूहको लुम्बिनी प्रदेश सभापतिमा रोज राणा

नेपाली कांग्रेसको देउवा समूहले लुम्बिनी प्रदेश सभापतिमा पूर्वमन्त्री एवं युवा नेता सरोज थापा (रोज राणा) लाई सर्वसम्मत चयन गरेको छ ।
दाङको देउखुरीमा सोमबार राति सम्पन्न समूहको दोस्रो प्रदेश अधिवेशनले थापालाई सभापतिमा चयन गरेको हो । देउवा समूहका लुम्बिनी प्रदेश संयोजक गेहेन्द्र गिरीका अनुसार थापा सर्वसम्मत सभापति चयन भएका हुन् ।
प्यूठानबाट लुम्बिनी प्रदेशसभा सदस्यमा निर्वाचित थापाले प्रदेश सरकारमा दुई पटक मन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन् । उनी पहिलो पटक यातायातमन्त्री र दोस्रो पटक शहरी विकासमन्त्री बनेका उनी दुई पटक  नेपाली कांग्रेस प्यूठानको क्षेत्रीय सभापति भएका थिए ।
अधिवेशनबाट अन्य पदाधिकारी तथा सदस्य चयनका लागि पनि सर्वसम्मत सहमति जुटाउने प्रयास भइरहेको निर्वाचन समितिले जनाएको छ ।