अभिभावकले शुल्क निर्धारण गर्ने कुरा मान्य हुँदैन : शाही

600

अभिभावकले शुल्क निर्धारण गर्ने कुरा मान्य हुँदैन : शाही

sulka

बुटवल, ३ कात्तिक । राष्ट्रिय निजी तथा आवासिय विद्यालय एशोसियशनका केन्द्रीय अध्यक्ष कर्णबहादुर शाहीले दुई तिहाई अभिभावकको भेलाले विद्यालयको शुल्क निर्धारण गर्ने विषयको पक्षमा आफुहरु नरहेको बताउनु भएको छ ।

कम्पनी ऐन अन्र्तगत संचालन भएका निजी विद्यालयले शिक्षामा ठुलो लगानी गरेको उल्लेख गर्दै उहाँले अभिभावकसँग सोधर र उनीहरुको सहमतिमा विद्यालयको शुल्क निर्धारण गर्न नसकिने अडान राख्नुभयो । बुधबार बुटवलमा कुराकानी गर्दै अध्यक्ष शाहीले लगानीको प्रतिफलका लागि कम्पनी ऐनको विकल्प नभएको पनि बताउनुभयो ।

उहाँले निजी विद्यालयको शुल्क निर्धारणका लागि अभिभावकको सहमति र सहमतिका लागि भेला बोलाउने कार्यले विद्यालयको शुल्कलाई ब्यवस्थित गर्नु भन्दापनि त्यसलाई अराजक पार्ने तर्क राख्नुभयो । अध्यक्ष शाहिले कम्पनी ऐनमा संचालन भएका निजी विद्यालयहरु गुठिमा जान नसक्ने बताउनुभयो । उहाँले निजी विद्यालयहरु गुठिमा जादा त्यसको प्रतिफल लिन नसकिने उल्लेख गर्दै सरकारले गुठिको कुरा गरेर मोही माग्ने ढुङग्रो लुकाउने काम गर्न नहुने जिकीर गर्नुभयो ।

फरक प्रसंगमा उहाँले अवको एक वर्ष भित्र नेशनल प्याब्सनको पाँचौ महाधिवेशन गर्नु पर्ने भएकाले त्यसका लागि जिल्ला जिल्लामा अधिवेशनको तयारीको थालनी सुरु भएको जानकारी दिनुभयो । आउने मंसिरमा विधान अधिवेशन गर्ने तयारी थालेको नेशनल प्याब्सनमा मुलुकभरका २ हजार ५ सय विद्यालयहरु आवद्ध रहेको उहाँले जानकारी दिनुभयो ।

नेशनल प्याब्सनको विधान अधिवेशन मंसिर २४ र २५ गते काठमाण्डौमा हुने भएको छ । यसैबिच नेशनल प्याब्सन रुपन्देहीले केन्दं्रीय महाधिवेशन रुपन्देहीमा गर्नका लागि प्रस्ताव पेश गरेको छ ।

एक वर्षभित्र सम्पन्न हुने गरि जिल्लामा अधिवेशनको तयारी चलि रहेका वेलामा रुपन्देहीले महाधिवेशन रुपन्देही जिल्लामा गर्नु पर्ने माग गरेको हो । नेशनल प्याब्सनका अध्यक्ष कृष्ण पौडेलको अध्यक्षतामा बुधबार भएको बैठकले वर्तमान शिक्षा एनमा भएका अफ्टयाराहरुका विषयमा चर्चा गरेको थियो । कार्यक्रमको संचालन सचिव तिलव केसीले गर्नु भएको थियो ।