रुपन्देहीमा पाँच जनामा डेंगु

425

रुपन्देहीमा पाँच जनामा डेंगु

dengue

बुटवल, ९ कात्तिक । रुपन्देही जिल्लामा ५ जना बिरामीमा डेंगु ज्वरोको संक्रमण देखिएपछि बुटवल उपमहानगरपालिकाको कार्यालयले खोज र नष्ट गर अभियान सुरु गरेको छ ।

यो वर्ष रुपन्देही जिल्लामा पाँच जनामा डेंगु ज्वरोको संक्रमण भेटिएको र उनीहरुको लुम्बिनी अञ्चल अस्पताल बुटवलमा उपचार भईरहेको जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर क्ट्रोल निरीक्षक केदारनाथ शाहले बताउनु भयो । जिल्ला जनस्वास्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोल निरीक्षक शाहका अनुसार बुटवल उपमहानगरपालिकाका २ जना तथा कपिलबस्तु, कैलाली र बागलुङ्का एक एक जना गरि डेंगु ज्वरो संक्रमित ५ जना बिरामीको लुम्बिनी अञ्चल अस्पतालमा उपचार भईरहेको छ ।

डेंगुको विषाणुद्वारा संक्रमित एडिस एजिप्टाई जातको पोँथी लामखुट्टेको टोकाईबाट रोग लाग्ने र डेंगुको खास उपचार पनि नभएकाले यसबाट जोखिन स्वास्थ्य कर्मीहरु सुझाव दिन्छन् । डेंगु रोगबाट बँच्नकालागि टाटेपाटे देखिने एडिस एजिप्टाई जातको लामखुट्टेबाट बँच्नुपर्ने भएकाले लामखुट्टेको बासस्थान तथा फूलपार्ने ठाउँहरु खोज्ने र त्यस्ता ठाउँलाई नष्ट गर्ने अभियान बुटवल नगरपालिकाले अंघिल्ला वर्षदेखि नै चलाउँदै आएको छ । वातावरणका हिसावले पनि सोही खोज र नष्ट गर अभियानलाई यो वर्ष पनि निरन्तरता दिन लागिएको बुटवल नगरपालिकाका निमित्त प्रमुख विष्णु खनालले बताउनु भयो ।

मंगलबार बुटवल नगरपालिकाले आयाजना गरेको पत्रकार अन्तरक्रिया कार्यक्रममा नगरपालिकाका समाज कल्याण महाशाखाका वरिष्ठ अधिकृत भुवाप्रसाद लुईटेलले भन्नुभयो–‘छिमेकी जिल्ला तथा छिमेकी मुलुक भारतमा पनि भएकाले सतर्कता अपनाउनु पर्छ भन्ने हाम्रो बुझाई हो ।’  रुपन्देहीमा आर्थिक वर्ष २०६७÷०६८ देखि डेंगु देखिन थालेको थियो ।

पहिलो वर्ष बढी प्रभावित थियो । डेंगुका कारण रुपन्देहीमा आर्थिक वर्ष २०६७÷०६८ मा चार जनाले ज्यान गुमाएका थिए । यद्यपी त्यस यता मानविय क्षेती भने व्यहोर्नु परेको छैन । त्यसपछिका वर्षमा क्रमस डेंगुको प्रभाव कम पर्दै गएपनि रुपन्देहीमा डेंगु दास्रो चरणमा प्रवेश गरेकाले यसको संक्रमणबाट बँच्च उच्च सतर्कता अपनाउनु पर्ने उहाँले बताउनु भयो ।

सोही अनुसार जिल्लालाई डेंगुबाट सुरक्षित राख्नकालागि बुटवल नगरपालिकाले डेंगु नियन्त्रणकालागि खोज र नष्ट गर अभियान सुरु गरेको उहाँले बताउनु भयो । नगरपालिकाले बुधबार र बिहीबार बुटवलमा लामखुट्टेको वासस्थान तथा फूल पार्ने ठाउँ खोज्न र नष्ट गर्नकालागि घरदैलो अभियान सञ्चालन गर्न लागेको छ ।

पहिलो टाईपको डेंगुको संक्रमण रोकिएपछि पुनः पहिलो टाईपको डेंगुको संक्रमण हुँदैन । तर उही व्यक्तिमा दोस्रो टाईपको डेंगु भएमा अवस्था जटिल हुने भएकाले बेलैमा सचेत हुनु पर्ने जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोल शाह बताउनु हुन्छ ।