राष्ट्रिय लिग फुटबल– एपिएफ विजयी

1.3K

राष्ट्रिय लिग फुटबल– एपिएफ विजयी

afaकाठमाडौँ, २१ असोज । राजधानीमा जारी राष्ट्रिय लिग फुटबल प्रतियोगितामा विभागीय टोली सशस्त्र प्रहरी बल (एपिएफ)ले मोफसलको टोली लुम्बिनी फुटबल क्लबलाई पराजित गर्दै विजयी भएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा  भएको खेलमा एपिएफले लुम्बिनीमाथि ५–१ को सहज जित निकाल्यो । जितसँगै एपिएफ २३ अङ्कका साथ लिगको पाँचौ स्थानमा उक्लिएको छ । एपिएफको जितमा गणेश लावतीले ह्याट्रिक गरे । उनले खेलको पहिलो हाफमा दुई गोल गरे भने दोस्रो हाफमा एक गोल थपे । लावतीले खेलको पाँचौ मिनेट र पहिलो हाफको अत्तिरिक्त समय (४५ प्लस १ मिनेट)मा दुई गोल गरे । त्यस्तै खेलको ५६ औँ मिनेटमा पुनः एक गोल थप्दै आफनो नाममा व्यक्तिगत दुई गोल गरे । त्यसैगरी एपिएफका खेलाडी श्याम नेपालीले खेलको पहिलो हाफको आठौ मिनेट र एपिएफका अर्का खेलाडी सन्तोष श्रेष्ठले खेलको ८० औँ मिनेटमा एक–एक गोल गरे । त्यस्तै लुम्बिनीको लागि भने सुमन हमालले खेलको ३७ औँ मिनेटमा एक सान्त्वना गोल फर्काएका थिए । यस हारसँगै लुम्बिनी आठ अङ्कका साथ लिगको आठौँ स्थानमा छ ।
शुक्रबार त्रिभुवन आर्मी क्लबले मोफसलको टोली सुदूरपश्चिमाञ्चल फुटबल क्लबको सामना गर्नेछ । त्रिभुवन आर्मी क्लबलाई सामसुङको साथ त्रिभुवन आर्मी क्लबअन्तर्गतको पुरुष फुटबल टोलीलाई सामसुङ कम्पनीले एक वर्षका लागि प्रायोजन गरेको छ । आर्मीद्वारा आज यहाँ आयोजित एक पत्रकार सम्मेलनमा इन्टरग्रेटिड मोबिलिटी सोलुसन प्रालिका प्रमुख दीपक मलोत्रा र नेपाल आर्मीका उपरथी राजेन्द्रबहादुर कार्कीले एक वर्षका लागि प्रायोजन गरेको सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो । सम्झौताअनुसार कम्पनीले एक वर्षका लागि रु २० लाख प्रदान गर्नेछ । त्यस्तै आर्मीको फुटबल टोलीले भने आफ्नो जर्सीमा सामसुङ कम्पनीको लोगोअङ्कित टिसर्ट लगाउनु पर्नेछ । कार्यक्रममा उपरथी कार्कीले उक्त सम्झौताले फुटबल खेलको विकासका लागि सहयोग पुग्ने विचार व्यक्त गर्नुभयो ।
त्यस्तै इन्टरग्रेटिडका प्रमुख मलोत्राले उक्त सम्झौता एक महिनाअघि नै गर्ने भनिए तापनि प्राविधिक कारणले ढिला भएको बताउँदै फुटबल खेल सबैको लोकप्रिय खेल भएकाले पनि आर्मीलाई प्रायोजन गरेको उल्लेख गर्नुभयो