
बुटवल, ३ मंसिर । दीप बोर्डिङ्गले न्यू होराईजन २५ औं जिल्ला स्तरीय हाजिर जवाफ रनिङ्ग शिल्ड हात पारेको छ । उपाधी संगै दीपले १५ हजार नगद, शिल्ड प्रमाणपत्र प्राप्त गरेको छ ।
प्रतियोगीतामा कान्ती माध्यमिक विद्यालय दोस्रो र प्यारामाउण्ट आवाशिय मावि तेस्रो भयो । कान्ति र प्यारामाउण्टले क्रमशः १२ हजार र नौं हजार नगद प्राप्त गरेको छ । सगरमाथा, स्मृती र एभरेष्टले जनही तीन हजार नगद पाएका छन् । रनिङ्ग शिल्डमा रुपन्देहीका विभिन्न सामुदायिक तथा आवाशिय विद्यालयलहरु गरी ५८ वटा विद्यालयहरु सहभागी रहेका थिए ।
दुई दिन सम्म चलेको हाजिर जवाफका विजेताहरुलाई आज एक कार्यक्रमको आयोजना गरी रनिङ्ग शिल्ड नगद, प्रमाण–पत्र प्रदान गरिएको छ । विजेता टिमलाई रुपन्देही जिल्लाका जिल्ला शिक्षा अधिकारी टेक बहादुर थापा, न्यु होराईजन आवाशिय माविका प्रधानाध्यापक लोकनाथ उपाध्याय, अन्र्तराष्ट्रिय क्रिकेट खेलाडी शक्ति गौचन लगायतले सामुहिक रुपमा पुरस्कार प्रदान गर्नुभएको थियो ।
कार्यक्रममा जिल्ला शिक्षा अधिकारी थापाले अवको युग बैज्ञानिक र आधुनिक युग भएको भन्दै यसतर्फ लाग्नको लागि विद्यार्थी तथा शिक्षकहरुलाई आग्रह गर्नुभयो । कार्यक्रममा बोल्दै न्यु होराईजन आवाशिय माविका प्रधानाध्यापक उपाध्यायले विद्यार्थीहरुको अन्तरनिहित प्रतिभा प्रस्फुटको लागि लामो समय देखि होराईजनले जिल्ला स्तरिय रनिङ्ग शिल्ड आयोजना गरेको भन्दै यसलाई निरन्तरता प्रदान गर्ने जानकारी दिनुभयो ।