नेपाल ट्रेड युनियनको आसन्न छैठौं महाधिवेशन रुपन्देहीमा गर्न माग

253

नेपाल ट्रेड युनियनको आसन्न छैठौं महाधिवेशन रुपन्देहीमा गर्न माग

trade-union

बुटवल, ९ मंसिर । नेपाल ट्रेड युनियन काँग्रेस रुपन्देहीले नेपाल ट्रेड युनियन काँग्रेसको आसन्न छैठौं महाधिवेशन रुपन्देहीमा गराउन माग गर्दै केन्द्रमा ज्ञापन पत्र बुझाएको छ ।

नेपाल ट्रेड युनियन काँग्रेस रुपन्देहीको एक टोली डेलिगेसन सहित काठमाण्डौ गएर केन्द्रीय कार्यसमिति समक्ष उक्त माग गरेको हो । ट्रेड युनियन काँग्रेस रुपन्देहीको जिल्ला परिषदले आगामी महाधिवेशन रुपन्देहीमा गराउन माग गर्ने निर्णय गरेको र परिषदको म्याण्डेड अनुसार महाधिवेशन बुटवलमा गराउन जोड गरिएको रुपन्देहीका अध्यक्ष काजिमान श्रेष्ठले बताउनु भयो ।

ज्ञापन पत्र बुझ्दै ट्रेड युनियन काँग्रेसका केन्द्रीय अध्यक्ष खिलानाथ दाहालले आगामी बैठकमा प्रस्तावको रुपमा लैजाने आश्वासन दिनुभयो । उहाँले भन्नुभयो–‘रुपन्देही महत्वपूर्ण जिल्ला हो । अहिलेसम्म रुपन्देहीमा त्यस्ता महत्वपूर्ण कार्यक्रम भएको पनि छैन ।

साथीहरुले उठाउनु भएको माग स्वाभाविक छ । आगामी बैठकमा यो पस्तावमा छलफल हुनेछ ।’ यस अँगाडी नै नेपाल ट्रेड युनियन काँग्रेसले छैठौं महाधिवेशन आगामी २०७४ सालको भदौमा गर्ने निर्णय गरेपनि गते र स्थान तय गरिसकेको छैन ।