दीर्घबहादुरलाई पितृ शोक

1.3K

दीर्घबहादुरलाई पितृ शोक

kumar-shok

बुटवल, ९ मंसिर । नेपाली काँग्रेसका महाधिवेशन प्रतिनीधि तथा अखिल नेपाल फूटवल संघ रुपन्देहीका अध्यक्ष दीर्घबहादुर केसीलाई पितृ शोक परेको छ ।
केसीका ८७ वर्षीय पिता जयबहादुर खत्रीको हृदयघातका कारण आज बिहान आफ्नै निवास बुटवल उपमहानगरपालिका वडा नं. ९ दीपनगरमा निधन भएको हो ।
उहाँको पार्थीव शरीरलाई आज नै तिनाउ नदिको मगरघाटमा अन्त्यष्टि गरिएको छ । उहाँको अन्त्यष्टिमा परिवारजन सहित आफन्त तथा नेपाली काँग्रेसका नेता कार्यकर्ता तथा फूटवल प्रेमीहरु सहभागि थिए । उहाँका श्रीमती, दुई छोरा र ६ छोरी छन् ।

यसैबीच नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले दीर्घबहादुर केसीका पितालाई नेपाली कांग्रेसको झण्डा ओढाई श्रद्धाञ्जली दिनुभएको थियो ।