एल साल्भाडोरमा शक्तिशाली भूकम्प

693

एल साल्भाडोरमा शक्तिशाली भूकम्प

earthquakeee

मेक्सिको सिटी, १० मङ्सिर । एल साल्भाडोरमा बिहीबार शक्तिशाली भूकम्प गएको छ । उक्त भूकम्प ७.० म्याग्नीच्युडको मापन गरिएको सम्बन्धित अधिकारीहरुले जानकारी दिएका छन् ।

भूकम्पको धक्का मध्य अमेरिकी मुलुकहरु होन्डुरस, निकारागुआ र ग्वाटेमालामा पनि महसूस गरिएको छ । वातावरण र प्राकृतिक स्रोत मन्त्रीले सुनामी आउन सक्ने भएकाले सतर्क रहन ट्विटरमार्फत सवै नागरिकलाइ आह्वान गर्नुभएको छ । सो शक्तिशाली भूकम्पप्रश्चात् पाँच पटक पराकम्प महसूस गरिएको थियो ।

भूकम्प शक्तिशाली नै भएपनि कुनै भौतिक तथा मानवीय क्षति भएको विवरणहरु भने हालसम्म प्राप्त नभएको अधिकारीहरुले जानकारी दिएका छन् । सुरु यस भूकम्पलाई ७.२ म्याग्नीच्युडको मापन गरिएको भएतापनि अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजिएस)ले ७.० म्याग्नीच्युडको मापन भएको जानकारी दिएको छ ।

भूकम्पको केन्द्रविन्दु एल साल्भाडोरको पुइर्टो ट्रिउन्फोबाट १५४ किलोमिटर दक्षिण र दक्षिणपश्चिममा समूद्री सतहदेखि ३० किलोमिटर गहिराइमा रहेको बताइएको छ । रासस/सिन्ह्वा