बुटवल, १० मंसिर । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) जिल्ला समिति, रुपन्देहीले आज बुटवलमा विरोध सभा गरेको छ ।
पार्टी, केन्द्रीय समितिले घोषणा गरेको संघर्षका कार्यक्रम अन्तरगत रुपन्देहीले आज बुटवलमा विरोध सभा गरेको हो ।
महंगी, भ्रष्ट्राचार र राष्ट्रघातको विरोध गरौं, जनगणतन्त्र प्राप्तिको लागि संघर्ष गरौं भन्ने उद्घोषका साथ आयोजित सभालाई सम्बोधन गदैं
पार्टी, रुपन्देहीका संयोजक भुलबहादुर सुनारीमगरले पार्टीले राष्ट्रिय स्वाधिनताको रक्षा र भ्रष्टाचारीलाई जनकारवाही गर्ने आन्दोलनलाई केन्द्रीत
गरेको बताउंनुभयो ।
जनतालाई अधिकार सम्पन्न गर्न संघीयता चाहिएकोमा जोड दिंदैं उहांले ५ नं प्रदेश टुक्राउंन नहुंने भन्दैं दलहरुले गरेको आन्दोलनलाई वाइघातको संज्ञा दिनुभयो । संसदवादी दलहरुले जारी गरेको संविधान पश्चागामी भएको भन्दैं खारेज गरि जनसंविधान निर्माण गर्नुपर्नेमा नेता सुनारीले जोड दिनुभयो ।
कार्यक्रममा पार्टी,रुपन्देहीका सचिवालय सदस्य के.जी.कुमार पौडेलले पनि बोल्नु भएको थियो । पार्टी कार्यालयबाट निस्केको ¥याली पुष्पलाल पार्कमा पुगेर विरोध सभामा परिणत भएको थियो । पार्टीले घोषणा गरेको संघर्षका कार्यक्रम अनुसार कपिलवस्तु र नवलपरासीमा पनि विरोध सभा सम्पन्न गरेको सो पार्टीले जनाएको छ ।
कपिलवस्तुमा भएको कार्यक्रममा पार्टी केन्द्रीय सचिवालय सदस्य प्रेमनाथ सुवेदी र नवलपरासीमा भएका कार्यक्रममा केन्द्रीय सदस्य अशोक लम्साल अनुकुलले सम्बोधन गर्नु भएको थियो ।