ललित पाण्डेय/
सैनामैना, १० मंसिर । सैनामैना नगरपालिकालाई गाउ पालिका बनाउने षड्यन्त्र भएको भन्दै सैनामैना नगरपालिकाका कार्यकारी अधिकृतको नेत्तृवमा सर्वदलियको टोली सिमा निर्धारण आयोग काठमाडौंमा डेलिकेशन गएको छ ।
सैनामैना नगरपालिकालाई गाउपालिका बनाउने षड्यन्त्र चलेको राजनीतिक दलका प्रतिनिधिहरुले बताएका छन् । सर्वदलिय बैठकमा सालझण्डी गाविस, सुर्यपुरा वडा न १ र २ खड्वा बनगाईका दानब वारीका ३, ४, ९ वडा र मानपकडिका २ र ७ वडा लाई समेटर ८२ हजार १ सय ६ जनसंख्या पुराएर सैनामैना नगरपालिका बनाउने समहमती भएपछि डेलिकेशन गएको नेकपा एमाले सैनामैनाका सयोजक चित्र बहादुर कार्किले बताए ।
संख्या सिमा निर्धारण आयोगमा काठमाडांैमा अध्यक्ष बालान्द पौडेल, सदस्य डोलमणी पौडेल, माधब अधिकारी र प्रदेश न ५ हेर्ने सदस्य पबित्र सुब्बालाई प्रतिवेदन बुझाएको उनले जानकारी दिए । काठमाडौंबाट टेलिफोनमा कुराकानी गर्दै उनले जनसंख्या नपुराई पठाएर नगरपालिका नबनाउने षडयन्त्र भएको र यसमा चनाखो हुनु पर्ने आवश्यकता रहेको बताए ।
जिल्लामा पुनंसरचनाका विषयमा स्थानिय विकास अधिकारीले जनताको भावना नबुझिकन हचुवाको भरमा सिफारिस गरेकोले स्थानियहरु आका्रेशित भएको बताए । रुपन्देहीको पांच नं. क्षेत्र र सैनामैना नगपालिकामा यस क्षेत्रका सांसदले जनताको राय नबुझि पुनं संरचना बनाएको प्रतिमा नेपाली काग्रेस पुर्व जिल्ला सदस्य लक्षुमन ज्ञवालीले गुनासो पोखे ।
त्यस्तै डेलिकेशनमा सहभागि नेकपा माओवादी केन्द्र सैनामैनाका इन्चार्ज नारायाण न्यौपानले सैनामैना नगरपालिका बनाउने आफुहरु जोडदार रुपमा लागेको र यसमा षड्यन्त्र भएको उनले बताए ।
डेलिकेशनमा सैनामैना नगरपालिका कार्यकारी अधिकृत नव बहादुर वली, नेकपा एमालेका जिल्ला सदस्य चित्र बहादुर कार्की, नेकपा माओवादी केन्द्रका जिल्ला सदस्य नारायण न्यौपाने, नेपाली कांग्रेस पुर्व जिल्ला सदस्य लक्षुमन ज्ञवाली, नेकपा एमालेका जिल्ला सचिव तुलसी चौधरी, नेपाली कांग्रेस सैनामैना नगर सल्लाहकार कृष्ण प्रसाद पोख्रेल रहेका छन् ।