अटो व्यवसायीको लगानी सुरक्षित हुनुपर्छ

500

अटो व्यवसायीको लगानी सुरक्षित हुनुपर्छ

autoप्रकाश खनाल/
बुटवल, ११ मंसिर । बुटवलको अटो भिलेजलाई नमुनाको अटो भिलेजको रुपमा विकास गर्नुपर्ने सरोकारवाला निकायका प्रतिनिधिहरुले बताएका छन् ।
बुटवल अटो इन्जिनियरिङ्ग एशोसिएशनको आज आयोजित २१ औं वार्षिक साधारण सभा तथा ११ औं अधिवेशन उद्घाटन कार्यक्रममा बोल्ने वक्ताहरुले उक्त कुरा बताएका हुन् । उनीहरुले समयको माग अनुसार अटो क्षेत्रको विकास गर्नुपर्ने आवश्यकता समेत औल्याए ।

समयको माग अनुसार अटो क्षेत्रको विकास हुन नसके देशको विकासले गतिलिन नसक्ने बताए । राज्यको स्पष्ट नीति नहुंदा अटो व्यवसाय सञ्चालनमा समस्या उत्पन्न भएकाले व्यवसायी एकता आवश्यक रहेकामा उनिहरुले जोड दिए ।

व्यवसायीलाई ठूलाठूला भवन बनाउन दिएका कारण अहिले समस्या निम्तिएको बताउंदै उनीहरुले व्यवसायीहरुको लगानी सुरक्षित हुनुपर्ने बताए । व्यवसायीहरुको ठूलो लगानी भैसकेकाले घरधुरी करको कुरो उठेकाले यस विषयमा राज्य पक्षले गम्भीर भएर सोच्नुपर्ने बताए ।

नमुनाको रुपमा परिचित बुटवल अटो भिलेजको विकासका लागि बुटवल उपमहानगरपालिका र एडिबीसंग सहकार्य गरेर अघि बढ्नुपर्ने सुझाव दिएका छन् । सोही कार्यक्रममा बोल्दै नेपाल अटो मेकानिक्स व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष यम प्रसाद भुसालले अटोलाई औद्योगिक क्षेत्रको रुपमा विकास गर्नुपर्ने बताए ।

उनले एक शहर एक अटो भिलेज बनाउनका लागि व्यवसायीबीच  एकता र सहमति आवश्यकता औल्याए । कार्यक्रममा बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष महेशमान सिंहले व्यवसायीको सहमति र सहकार्यमा अटो भिलेजको विकास हुन सक्ने बिचार ब्यक्त गरे ।

नेपाल अटो मेकानिक्स व्यवसायी महासंघका उपाध्यक्ष जनार्दन गैरे, महासचिव ठाकुरप्रसाद न्यौपाने, कोषाध्यक्ष गोपाल भट्टराई, नेपाल अटो मेकानिक्स एशोसिएशन काठमाण्डौका अध्यक्ष दिपक खड्का, मेची अटोका अध्यक्ष गणेशप्रसाद पौडेल, मकवानपुर अटो एशोसिएशनका अध्यक्ष आनन्दराम पौडेल, चितवन अटो एशोसिएशनका अध्यक्ष बलराम भट्टराई, गण्डकी अटोका महासचिव किरण कपाली, राप्ती अटो इन्जिनियरिङ्क एशोसिएशनका अध्यक्ष ज्ञानी फौजदार, बुटवल अटो इन्जिनियरिङ्ग एशोसिएशनका संस्थापक अध्यक्ष खड्कबहादुर गौतम, पुर्ब अध्यक्षहरु पे्रमबहादुर फौजदार, भोजबहादुर बुढाथोकी, पूर्व अध्यक्ष तथा सल्लाहाकार टंकप्रसाद पोखरेल, नेपाली कांगे्रसका बुटवल नगर उपसभापति विमलराज भट्टराई, एमालेका नगर सचिव किसन ज्ञवाली, रुपन्देही उद्योग संघका अध्यक्ष दिनेशराज रेग्मी, रुपन्देही व्यापार संघका उपाध्यक्ष यमलाल लोहनी, पश्चिमाञ्चल यातायता व्यवसायी समितिका वरिष्ठ उपाध्यक्ष यमप्रसाद. पाण्डे, लगायतले बोल्दै व्यवसायी हितका लागि व्यवसायी– व्यवसायीबीच सुमधुर सम्बन्ध कायम गर्नुपर्नेमा जोड दिएका थिए ।

yamlal

पत्रकार भुसाल पुरस्कृत
सोही अवसरमा उत्कृष्ट अटो पत्रकारिता पुरस्कारबाट नेपाल समाचार पत्रका लुम्बिनी प्रमुख पत्रकार यमलाल भुसाललाई प्रदान गरिएको छ । त्यस्तै एसएलसी परीक्षामा उत्कृष्ट अंक ल्याउने अटो व्यवसायीका छोराछोरीहरुलाई, एशोसिएशनका पूर्व अध्यक्ष र कर्मचारीहरुलाई समेत सम्मान गरिएको छ ।

एशोसिएशनका अध्यक्ष विश्वराज गैरेको अध्यक्षता र रोशन पाण्डेको सञ्चालनमा कार्यक्रम भएको थियो ।