वार्षिकोत्सवमा अनाथलाई खाना

1.3K

वार्षिकोत्सवमा अनाथलाई खाना

बुटवल, ११ मंसिर । छिमेक लघुवित्त विकास बैकले १५ औ वार्षिकोत्सवको अवसरमा अनाथ बालबालिकालाई खाना खुवाएको छ ।

बैंकको बार्षिकोत्सवको अवसर पारेर रुपन्देहीको कोटिहवामा रहेको नेपाल अविनास आश्रममा आश्रीत वालबालिकालाई खाना खुवाएको हो ।
उक्त अनाथ आश्रममा १८ जना अनाथ वालबालिका आश्रीत छन् । उक्त कार्यक्रममा आश्रमका प्रमुख कृष्णप्रसाद ज्ञवालीले अनाथ बालबालिकाकालागि सम्झेर बैंकले राम्रो काम गरेको बताउनु भयो ।

त्यस्तैगरी छिमेक लघुवित्र विकास बैकका प्रवन्धक शोभा कण्डेल र छिमेक लघुवित विकाश बैकका क्षेत्रीय प्रबन्धक विश्वनाथ सिग्देलले भनाई राख्नुभएको थियो ।