प्याब्सनको नेतृत्व लिनकालागि दुई प्यानल मैदानमा

1.3K

प्याब्सनको नेतृत्व लिनकालागि दुई प्यानल मैदानमा

pabson

शैक्षिक क्षेत्रमा देखिएका समस्या समाधानकालागि रणनीति बनाईने
बुटवल, २६ मंसिर । प्याब्सन रुपन्देहीको आगामी नेतृत्व लिनकालागि दुईवटा प्यानल मैदानमा उत्रिएका छन् । प्याब्सन रुपन्देहीका नयाँ नेतृत्व चयनकालागि आज सोमबार अधिवेशन हुँदैछ ।

अधिवेशनबाट आगामी दुई वर्षे कार्यकालको नेतृत्व लिनकालागि मौजुदा कार्यसमितिका कार्यवाहक अध्यक्ष लेखनाथ पौडेल र अनन्त शर्माले छुट्टा छुट्टै प्यान बनाएर प्रतिस्पर्धामा उत्रिनुभएको छ ।

पौडेलको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा लालहरी पाण्डे, उपाध्यक्षमा एकनारायण काफ्ले, सचिवमा महेश भुर्तेल र कोषाध्यक्षमा मातृका यादव प्रतिस्पर्धामा उत्रिनु भएको छ भने शर्माको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा कमलप्रसाद रेग्मी, उपाध्यक्षमा समिर खान, सचिवमा चुरामणी डुम्रे र कोषाध्यक्षमा रामदेव यादव प्रतिस्पर्धामा आउनु भएको छ ।

अधिवेशनको प्याब्सनका केन्द्रीय अध्यक्ष लक्ष्यबहादुर केसीले उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ । बन्द सत्रमा शिक्षा क्षेत्रमा देखिएका राष्ट्रिय तथा स्थानीय स्तरमा हुने समस्या तथा शैक्षिक नीतिका बारेमा छलफल गरिने छ भने समस्या समाधानकालागि रणनीतिक योजना बनाईने कार्यवाहक अध्यक्ष पौडेलले बताउनु भयो ।

३३ सदस्यीय कार्यसमिति चयनकालागि सोमबार नै निर्वाचन हुने उहाँले जानकारी दिनुभयो ।