बिद्यार्थीलाई निःशुल्क योग शिबिर

1.3K

बिद्यार्थीलाई निःशुल्क योग शिबिर

बुटवल, ६ पुस । पतंजली योग बुटवल नगर समितिले बुटवलमा पाँच दिने निःशुल्क योग शिविर सुरु गरेको छ । आईडियल बोर्डिङ् स्कुलको सहकार्यमा भएको फ्रि पावर योगा क्याम्पमा ४० जना सहभागि छन् ।

उक्त शिबिरको आईडियल बोर्डिङ्का अध्यक्ष अजित खनाल र प्रधानाध्यापक जनक न्यौपाने तथा पतंजली योग महिला समिति रुपन्देहीकी अध्यक्ष ईन्द्र भण्डारी संयुक्त रुपमा उद्घाटन गर्नुभएको थियो ।

बिद्यालयको माथिल्लो कक्षाका बिद्यार्थीलाई लक्षित गरि पतंजली बुटवल नगर समितिका अध्यक्ष मनोहर पौडेलको पहलमा भएको कार्यक्रममा नगर अध्यक्ष पौडेल सहित नगर सदस्यहरु प्रमिना ज्ञवाली तथा शर्मिला ज्ञवालीले प्रशिक्षण गर्नुहुने छ ।