जनप्रियमा पराजुली

1.3K

जनप्रियमा पराजुली

बुटवल, १३ पुस । रुपन्देहीको देवदहमा रहेको रहेको जनप्रिय माध्यमिक विद्यालयको सम्पन्न अभिभावक भेला नयाँ कार्य समिति गठन गरेको छ ।

बुधबार भएको अभिभावक भेलाले केशव पराजुलीको अध्यक्षतामा नया ब्यवस्थापन समिति गठन गरेको हो । समितिको सदस्यहरुमा मोहन जिसी, टेकराज विक, विष्णु थापा, सपना रोका र ओमकुमारी चौधरी चुनिनु भएको छ ।

अध्यक्षमा चुनिएपछि अध्यक्ष पराजुलीले विद्यालयलाई पहिलेभन्दा राम्रो बनाउने र शैक्षिक कृयाकलापमा अब्बल बनाउनुका साथै शैक्षिक गुणस्तरमा सुधारका कार्यक्रमहरु ल्याउन कटिबद्ध रहने बताउनुभयो । अहिलेको नयाँ ब्यवस्था अनुसार विद्यालय ब्यवस्थापन समितिको चुनाव भएको प्रधानाध्यापक गायत्री खरेलले जानकारी दिनुभयो ।