बुटवल पब्लिकमा शैक्षिक सप्ताह सम्पन्न

581

बुटवल पब्लिकमा शैक्षिक सप्ताह सम्पन्न

बुटवल, १४ पुस । तिलोत्तमा नगरपालिका वडा नं. ३ मा रहेको बुटवल पब्लिक स्कुलले आयोजना गरेको शैक्षिक सप्ताह आज सकिएको छ । शैक्षिक सप्ताह अन्तर्गत पहिलो दिन विभिन्न प्रतियोगिता, दोस्रो दिन रक्तदान तथा अन्तिम दिन आज जिल्ला स्तरीय विज्ञान हाजिरिजवाफ प्रतियोगिता, क्यू बेसि प्रतियोगिता र विज्ञान प्रदर्शनी गरिएको थियो ।

विज्ञान हाजिरिजवाफ प्रतियोगितामा रुपन्देहीका ३० विद्यालय सहभागि भएका र दोस्रो चरणमा छनोट भएका आठ विद्यालयलाई अन्तिम प्रतिस्पर्धा गराईएको थियो । जस मध्ये डन चिल्डे«न ईङलिस बोडिङ स्कुल प्रथम, न्यू होराईजन ईङ्लिस बोडिङ् स्कुल द्वितीय र स्कलर्स होम बाडिङ् स्कुल तृतीय भएका छन् । प्रथम, द्वितीय र तृतीयले शिल्ड मेडल र प्रमाणपत्र सहित पुरस्कार प्राप्त गरेका छन् ।

त्यसैगरी क्यू बेसी प्रतियोगितामा २५ विद्यालयको सहभागितामा छनौटमा परेका १२ विद्यालयलाई अन्तिम प्रतिस्पर्धा गराइएको थियो । जसमध्ये आवरपिसल्याण्ड स्कुल प्रथम, न्यु होराइन ईङ्लिस बोडिङ स्कुल द्वितीय र होराईजन गौतमबुद्ध बोडिङ् स्कुल तृतीय भएका छन् । प्रथम, द्वितीय र तृतियले शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

यसैगरी कक्षा १ देखि ८ कक्षा सम्मका विद्यार्थीलाई विज्ञान प्रदर्शनी समेत गरेका थिए । कार्यक्रम विद्यालयका संस्थापक प्राचार्य हेमलाल शर्मा भुषालको अध्यक्षता, शिक्षक राजश्री गौतमको स्वागत तथा रमेशमणी सुवेदीको सञ्चालनमा भएको थियो ।