टोलको विकासमा आफ्नै सक्रियता आवश्यक

385

टोलको विकासमा आफ्नै सक्रियता आवश्यक

बुटवल, १५ पुस । टोल तथा समुदायको विकासका लागि स्थानीयकै सक्रियता आवश्यक रहने सरोकारवालाले बताएका छन् ।
आफै नगरि आफ्नो टोलको विकास नहुने भन्दै अरुले आएर टोलको विकास गरिदिन्छ भनेर मुखताक्नुले आफ्नो टोल सदैव पछाडि पर्ने उनीहरुले बताएका थिए ।

बुटवल–१० मा रहेको शुक्रपथ टोल विकास संस्थाको छैंठौ बार्षिक साधारण सभा तथा पाँचौ अधिवेशनमा आज सहभागि टोलका बासिन्दाहरुले टोलको विकासका लागि आफ्नै सक्रियतानै महत्वपुर्ण हुने बताएका थिए ।

शुक्रपथ टोल विकास संस्थाका अध्यक्ष पवित्रा खनालको अध्यक्षतामा भएको कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा नम्बर १० का संयोजक यज्ञ पंगेनीले टोलको विकासका लागि स्थानीय निकायको भुमिका महत्वपुर्ण हुने उल्लेख गर्दै टोल संस्था र नगरपालिका विचको सम्वन्ध सुमधुर र निरन्तर हुनु पर्ने बताउनुभयो ।

कार्यक्रममा त्रिभुवन पथका अध्यक्ष ईश्वरी पन्थी, श्रीपथ टोल विकास संस्थाका अध्यक्ष कमला पन्थी, टोल संस्थाका निवर्तमान अध्यक्ष आनन्दराज बज्राचार्य, सल्लाहकार डा. खुमराज पाण्डे, कृष्ण मुरारी, बिर्खबहादुर शाक्य लगायतले बोल्नु भएको थियो । संस्थाका सचिव सरला भण्डारीको संचालनमा भएको कार्यक्रममा प्रकाश मुडभरीले संस्थाको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

सो अवसरमा टोलका जेष्ठ नागरिक घनश्याम पाण्डे र दमयन्तादेवी मुडभरीलाई दोसल्ला र प्रशंसापत्रले सम्मान गरिएको थियो ।