नारायणगढ-मुग्लिन सडक आजदेखि दैनिक ५ घण्टा बन्द हुने

1.3K

नारायणगढ-मुग्लिन सडक आजदेखि दैनिक ५ घण्टा बन्द हुने

नारायणगढ–मुग्लिन सडकखण्डको तुइनखोला क्षेत्रमा पहिरो पन्छाउने काम गर्न आजदेखि दैनिक पाँच घण्टा सवारी आवागमन बन्द गरिने भएको छ ।
जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै आइतबारदेखि अर्को सूचना प्रकाशित नभएसम्मका लागि दैनिक बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म सडक बन्द गर्ने जनाएको हो ।
पहिरो पन्छाउने क्रममा हुन सक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै उक्त क्षेत्रमा सबै प्रकारका सवारीसाधनको आवागमन रोक्ने निर्णय गरिएको प्रशासनले जनाएको छ ।
तर, काठमाडौँबाट मुग्लिन–आँबुखैरेनी हुँदै पोखरा जाने सडकखण्डमा भने सवारी आवागमन नियमित रहने सूचनामा उल्लेख छ ।