
बुटवल, १५ पुस । लुम्बिनी साना तथा मझौला ढुवानी ब्यबसायी संघले रक्तदान गरेको छ । रगतको अभावमा कसैले ज्यान गुमाउनु नपरोस भन्ने सन्देश प्रबाह गर्ने उद्देश्यले रक्तसंचार केन्द्रमा भएको रक्तदान कार्यक्रममा ४० जनाले रक्तदान गरेको संघका अध्यक्ष लक्ष्मण क्षेत्रीले बताएका छन ।
ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरिक्षक मुकुन्द मरासिनीको प्रमुख आतिथ्यतामा सम्पन्न सो रक्तदान कार्यक्रममा बोल्ने बक्ताहरुले रक्तदानको महत्वबारे प्रकाश पारेका थिए ।
लुम्बिनी साना तथा मझौला ढुवानी ब्यबसायी संघका अध्यक्ष लक्ष्मण क्षेत्रीको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाजका अध्यक्ष कृष्ण चौहान, संघका उपाध्यक्ष दिनेश थापा, महासचिव सुमन सापकोटा, कार्यक्रम संयोजक नविन पोख्रेल लगायतले बढ्दो सवारी दुर्घटना र रगतको आवश्यक्ता परिपुर्तीका लागि नियमित रक्तदान आवश्यक रहेको बताएका थिए ।