न्यौपानेलाई स्कलर्शहोम पत्रकारिता पुरस्कार

1.3K

न्यौपानेलाई स्कलर्शहोम पत्रकारिता पुरस्कार

बुटवल, १७ पुस । स्कलर्शहोम पत्रकारिता पुरस्कार पत्रकार दिपक न्यौपानेलाई प्रदान गरिएको छ । बिधालयको खेलकुद र शिक्षा क्षेत्रमा कलम चलाउने एक पत्रकारलाइ बार्षीक रुपमा सम्मान गर्ने कार्यक्रम अन्र्तरगत यो बर्षको पत्रकारिता पुरस्कार न्यौपानेलाइ प्रदान गरिएको हो ।

सबल नेपाल साप्ताहिक, बुद्ध टिभी, हाम्रो खेलकुद र सबल नेपाल अनलाइन टिभिमा आबद्ध पत्रकार न्यौपाने सात बर्षदेखी बुटवललाइ कार्यक्षेत्र बनाइ पत्रकारिता गरिरहेका छन् ।

स्कलर्श होम बोडिङ स्कुलले आफ्नो रजत महोत्सवका अबसरमा शिक्षामन्त्रालयका सहसचिब टेकनारायण पाण्डे, बिद्यालय ब्यबस्थापन समितीका अध्यक्ष मनहरी बस्याल लगायतले न्यौपानेलाइ नगद ५ हजार तथा सम्मानपत्रले सम्मानित गरेका हुन ।

त्यस्तै बिद्यालयले २५ औं रजतजयन्तीको मुलसमारोह सम्पन्न भएको छ । कार्यक्रममा पुर्व कर्मचारी, पुर्व शिक्ष्ाँक, पुर्व प्राचार्य, विभिन्न विद्यामा उत्कृष्ट विद्यार्थीहरुलाई समेत सम्मान गरिएको थियो । कार्यक्रम विद्यालयका अध्यक्ष मनोहरी बस्यालको अध्यक्ष्ाँता तथा शिक्षा मन्त्रालयका सह सचिव टेकनारायण पाण्डेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । सो अवसरमा बोल्दै सह सचिव पाण्डेले शैक्षिक प्रणालीलाई सुधार गर्दै प्रयोगतात्मक शिक्षामा जोड दिनुपर्ने बताए ।

उनले सरकारी निजी क्षेत्रलाई शिक्षा गरिने विभेदको अन्त्य जरुरी रहेको भन्दै समावेशी शिक्षा अहिलेको आवश्यकता रहेको बताए । कार्यक्रममा व्याव्सनका केन्द्रीय उपाध्यक्ष्ाँ लोकनाथ उपाध्याय, एन प्याव्सन रुपन्देही अध्यक्ष्ाँ कृष्ण पौडेल, उपाध्यक्ष देउ प्रकाश राई, सेयर सदस्य खुवीराम आचार्य, पुर्व प्राचार्य जयप्रकाश भट्टराई, अभिभावक संघ रुपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवाली, अभिभावक चण्डी बस्याल, पत्रकार दिपक न्यौपाने लगायतले बोल्नुभएको थियो ।

कार्यक्रम शेयर सदस्य प्रकाश भुषाल र प्राचार्य बावुराम बञ्जाडेको सञ्चालनमा सम्पन्न भएको थियो ।