दुवै हात गुमाएकी रुपा भईन् प्रथम

1.3K

दुवै हात गुमाएकी रुपा भईन् प्रथम

बुटवल, १७ पुस । बुटवल उद्योग वाणिज्य संघको आयोजनामा बुटवलमा जारी औद्योगिक व्यापार मेलामा आज पनि बिभिन्न प्रतियोगिताहरु सम्पन्न भएका छन ।

मेलामा कृषि वाली प्रतियोगिता, माछा मार्ने (बल्छी) प्रतियोगिता आज पनि सम्पन्न भएका छन । जिल्ला कृषि बिकास कार्यालयको समन्वयमा जारी कृषि वाली प्रतियोगितामा रुपन्देही जिल्लाका करिव डेढ सय कृषक तथा कृषक समुहको सहभागिता रहेको छ । त्यस्तै मत्स्य व्यवसायी संघको समन्वयमा भइरहेको बल्छी प्रतियोगितामा हरेक दिन करिव एक सय जना सहभागि हुने गरेका छन ।

मेलामा जारी अन्तर बिद्यालय लोक गीत प्रतियोगिता आज सम्पन्न भएको छ । रुपन्देहीका १८ बिद्यालय सहभागी प्रतियोगितामा दीप बोर्डिङ्ग स्कुल बुटवलका रुपा गौदार प्रथम, होराइजन जिबिएस तिलोत्तमा डाइभरटोलका सक्सेपाण्डे द्धितिय, सैनामैना मेमोरियल बोडिङ्ग स्कुलका शान्ति सुनार तृतिय र लुम्विनी बोर्डिङ्ग स्कुल बुटवलका एलिना भण्डारी सान्त्वना भएका छन । रुपा रौतार वाल्यकालमै करेन्ट लागेर दुवै हात गुमाएकी बालिका हुन् ।

प्रतियोगिताका बिजयीहरुलाई क्रमश १० हजार, ५ हजार ३ हजार र २ हजार  रुपैया नगद सहित पुरस्कृत गरिएको थियो । भोली सोमवार अन्तरबिद्यालय लोक नृत्य प्रतियोगिता हुने छ । त्यस्तैकिसानका लागि उन्नत बीउ बिजन कार्यक्रमको समन्वयमा नेपालको कृषि र बीउ बिजनका सम्वन्धमा गोष्ठी हुने छ ।

गोष्ठी संघ सचिवालयमा बिहान १० बजे सुरु हुने छ । गोष्ठीमा कृषि बिकास मन्त्रालयका सचिव, सहसचिव सहित बीज्ञहरुको सहभागिता रहने छ ।

मेलाकै अवसरमा आज आइतवार नेवारी फुड फेष्टिवल गरिएको छ । नेवा पुच बुटवलको संयोजनमा भएको फेष्टिवलमा मेलास्थलमै नेवारी बिशेष परीकार यमरी बनाएर खुवाइएको थियो ।