डोलबहादुर वि.क./
पाल्पा, १९ पुस । पाल्पाली समाज युएईले पाल्पा जिल्लाका ६० विद्यालयमा अक्षकोष स्थापनाको अभियानलाई तीब्रता दिएको छ । समाजले एक गाविस एक विद्यालय छनोट गरी जिल्लाका ६० विद्यालयका गरिव तथा जेहन्दार विद्यार्थीको लागि अक्षयकोष स्थापना अभियान अगाडि बढाएको हो ।
पहिलो चरणमा २० विद्यालय, दोस्रोमा २० र तेस्रोमा २० गरी अक्षकोष स्थापनाको कार्यक्रम संचालन गरिएको युएई समाजले जनाएको छ ।
समाजले वार्षिक कार्यक्रम अन्तरगत पहिलो चरणको कार्यक्रमलाई तीब्रता दिएको बताएको छ । पहिलो चरणको कार्यक्रम अन्तरगत १६ विद्यालयमा अक्षकोष स्थापनाको काम सम्पन्न भएको पाल्पाली समाज युएइका पदेन सदस्य तथा पाल्पाली समाज युएईका क्षेत्रीय समिति अध्यक्ष इन्द्रबहादुर घर्तीले जानकारी दिनुभयो ।
घर्तीले समाजको नया“ कार्यनीति अनुसार एक बर्ष मा ३६४ दिन आफ्नो लागि र १ दिन समाजको लागि भन्ने एक दिने अभियान संचालनगरी विद्यालयमा अक्षकोष स्थापनाको कार्यक्रम अगाडि बढाइएको बताउनुभयो ।
यसैबीच जनप्रकाश निम्न माध्यमिक विद्यालय जल्पा–३ साठ्ठीकोलमा अक्षकोष स्थापनाको कार्यक्रम सकिएको छ । पाल्पाली युएई समाजका पदेन सदस्य इन्द्र बहादुर घर्ती र दुर्गा बहादुर बारघरे गाउ“मै पुगेर विद्यालयमा एक कार्यक्रमको आयोजना गरी अक्षकोष स्थापनाको लागि २५ हजार रुपैया“ विद्यालयलाई हस्तान्तरण गर्नुभएको हो ।
कार्यक्रममा प्रमुख अतिथि नेपाली का“ग्रेस गाउ“ कमिटि सभापति अनिरुद्र खनालले पाल्पाली समाज युएईले संचालन गरेको एक गाविस एक विद्यालय अक्षकोष स्थापना कार्यक्रम सह्रानीय रहेको भन्दै अक्षकोषको सही दुपयोग गर्न आग्रह गर्नुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बलबहादुर ठाडाको अध्यक्षतामा भएको कार्यक्रमको संचालन प्रधानाध्यापक दामोदर न्यौपानेले गर्नुभएको थियो ।
त्यस्तै मातृभूमी उच्च माध्यमिक विद्यालय देवीनगर, मदनपोखरा, गल्धा, ताहू“ लगायतका १६ वटा निम्न माध्यमिक तहका विद्यालयमा अक्षकोष स्थापनाको कार्यक्रम सम्पन्न गरिसकेको छ ।