खेल उप–समितिको बैठक

685

खेल उप–समितिको बैठक

बुटवल, २२ पुस । नेशनल प्याब्सन रुपन्देहीको जिल्ला स्तरिय छैठौँ खेलकुद सप्ताह–२०७३ को खेल उप–समितिको पूर्व तयारी बैठक भएको छ ।

आगामी माघ २ गते देखि ५ गते सम्म हुने खेलकुद सप्ताहको लागि खेल समितिका सदस्यहरुको कार्यविभाजन तथा जिम्मेवारी बाँडफाँड गरिएको छ ।

जसमा साउण्ड सिस्टम, टेन्ट तथा मञ्च व्यवस्थापनको जिम्मेवारी  मोती पाण्डे, ब्याच ब्यानर तथा प्रमाण पत्र व्यवस्थापन बाबुराम बञ्जाडे, पुरस्कार तथा मायाको चिनो जे.बि. क्षेत्री, खाना तथा नास्ता व्यवस्थापन बिनोद चौधरी, सञ्चार प्रचार प्रसार तथा सचिवालय  व्यवस्थापन बिनोद थापा मगर र खेल मैदान तथा अन्य व्यवस्थापनको जिम्मेवारी विष्णु पौडेल र होमनाथ ढुङ्गानालाई दिइएको छ ।

बैठक खेल उपसमिति संयोजक विष्णु पौडेलको अध्यक्षता र सदस्य जे.बि. क्षेत्रीको संचालनमा भएको थियो । खेल सप्ताहमा जुनियर तथा सिनियर तर्फ विभिन्न खेल इभेन्टहरु संचालन हुनेछन् । जसमा जुनियर तर्फ छोटो दौड १०० मिटर छात्रछात्रा, लामो दौड २०० मिटर छात्रछात्रा, चम्चा दौड छात्रछात्रा, रिले दौड ५० मि. × ४ छात्रछात्रा, कुर्ची दौड छात्रछात्रा र टेवल टेनिस छात्रछात्रा रहेको छ ।

सिनियर तर्फ छोटो दौड २०० मिटर छात्रछात्रा, लामो दौड ४०० मिटर छात्रछात्रा, रिले दौड १०० मि. × ४ छात्रछात्रा, सटपुट छात्रछात्रा, हाइजम्प छात्रछात्रा, लङ्गजम्प छात्रछात्रा, टेवल टेनिस छात्रछात्रा र भलिबल छात्रछात्रा रहेको छ ।

जुनियर तर्फ कक्षा १ देखि ७ सम्म र सिनिय तर्फ कक्षा १० सम्मका विद्यार्थीहरु सहभागी हुनेछन् ।