मधेसलाई जिस्काउने होइन भावना बुझ्न प्रधानमन्त्रीलाई महतोको सुझाव

459

मधेसलाई जिस्काउने होइन भावना बुझ्न प्रधानमन्त्रीलाई महतोको सुझाव

mahoto

वीरगन्ज, असोज २८सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महमतोले वीरगन्जको रक्सोल सीमानाको मितेरी पुलमा चलिरहेको धर्नामा गरेको पत्रकारसम्मेलनमा मोर्चाले संविधान स्वीकार नगरेको दाबी गरेका छन्।काठमाडौंको मिडिया र तीन दलका मान्छेहरुले मोर्चालाई फुटाउने हल्ला गरेर रमाउन खाजेको उनले बताए। यसबाट समस्या समाधान हुनुभन्दा पनि न्दोलनलाई उग्र बनाउने कार्य मात्र भएको उनको तर्क थियो।‘मधेसलाई जिस्क्याउनु भन्दा पनि अब प्रधानमन्त्री केपी ओलीले मधेसी जनताको मर्म र भावना बुझ्ने प्रयास गर्दा उनलाई सुखद हुन्छ,’ उनले भने।‘मधेशको अधिकार सुनिश्चित नहुने संविधान हामीलाई कुनै पनि हालतमा मान्य हुँदैन,’ दसैं तिहारको लागि जारी रहेको आन्दोलन रोकिदैन्,’ नेता महतोले भने, ‘हामीले प्रधानमन्त्रीको निर्वाचनमा भाग लिनुको तीन वटा कारण छ, पहिलो  मधेश बिरोधी केपी ओलीलाई प्रधानमन्त्रीबाट रोक्नु, दोस्रो मधेशी, जनजाति र उत्पीडित बर्गको बिरोधी संबिधान लाद्ने तीनदलीय सिण्डिकेट भत्काउन र दुई तिहाईबाट संविधान संशोधन गर्नुपर्ने भएकोले सदनलाई मात्र माध्यम बनाएका हौ। मोर्चामा रहेकोले मोर्चा आबद्ध दलका सभासद निर्वाचनमा भाग लियौ’, ‘उनले भने।संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको वार्ता समितिका संयोजक लक्ष्मणलाल कर्णले विगतको सरकार जस्तो नाटक होइन, सार्थक वार्ताले मात्र  समस्या समाधान हुने बताएका छन्।उनले अधिकार सम्पन्न वार्ता समिति बनाएर सरकारले राजनीतिक एजेन्डासहितको सम्वाद अगाडि बढाए मात्र बार्ता सफल हुने बताए। उनले मोर्चा वार्ता बिरोधी नभएको बताउँदै आफूहरू बार्ताबाट पछि नहटेको बताएका छन्।वीरगन्जमा बिहीबार  कुरा गर्दै नेता कर्णले यसअघि सरकारले वार्ताको नाटक मात्र गरेको धारणा व्यक्त गरेका थिए।‘विगतको सरकारले अधिकार बिनाको टोली बनाएर वार्ताको नाटक मञ्चन गर्ने कार्य मात्र गर्‍यो, एजेन्डा बिनाको टोलीसंगको वार्ताले सफलता पाउदैन् ,त्यस्तो कर्मकान्डले हुँदैन,’ नेता कर्णले भने, ‘मधेश आन्दोलनप्रति सरकारको राजनीतिक धारणा के? आधिकारीक अजेन्डा के? स्पष्ट आउनु पर्‍यो।’बार्ताको वातावरण तयार बनाउन मोर्चाले राखेका सर्तहरू अहिलेसम्म पुरा नगरिएकोले तीन दल र सरकारको नियत वार्ता प्रति सकारात्मक नभएको उनले प्रष्ट्याए। ‘मोर्चाको बटमलाइन संघीय प्रदेशहरुको सीमांकन रहेको धारणा राखिसकेको तर सरकार र तीन दलको तर्फबाट कुनै आधिकारिकता प्रस्तुत गरिएको छैन्’, उनले बताए।मधेशमा जारी आन्दोलनको ६२ औं दिन र नाकाबन्दीको २१ दिन पनि बिहीबार भारत नेपाल मितेरी पुलमा जारी धर्नामा अत्याधिक सहभागिता देखियो। आन्दोलनलाई सहयोग पुर्‍याउन गाँउगाँउवाट हजारौको संख्यामा पर्सा, बारा र रौतहटबाट सर्वसधारण नाकामा पुगेका थिए। मुलुकको प्रमुख यस नाकाबाट बिहीबार पनि कुनै मालबस्तु वा इन्धन भित्रिएनन्।