बिएस्सीको परीक्षाफल प्रकाशन

501

बिएस्सीको परीक्षाफल प्रकाशन

काठमाडाँै, २५ पुस । त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा गत भदौ महिनामा सञ्चालित विज्ञानतर्फ (तीन वर्षीयतर्फ) बिएस्सी प्रथम वर्षको परीक्षाफल आज प्रकाशन गरिएको छ ।

चार परीक्षार्थीलार्ई अनियमित काम गरेकामा दुई वर्षका लागि परीक्षा दिन नपाउने गरी निष्काशन पनि गरिएको छ । परीक्षाफल www.edusanjal.com, www.educationsansar.com, www.educationkhabar.com / www.tu.ntc.net.np मा हेर्न सकिनेछ ।

साथै नेपाल टेलिकमको १६०२ मा डायल गरी वा ४९४९ मा एसएमएस गरेर पनि जानकारी पाउन सकिने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।