लुम्बिनी अञ्चल अस्पतालमा टोकन प्रणाली

707

लुम्बिनी अञ्चल अस्पतालमा टोकन प्रणाली

खेमानन्द पाठक /
बुटवल, २६ पुस । लुम्बिनी अञ्चल अस्पताल बुटवलमा आज देखि टोकन प्रणाली सुरु भएको छ । अस्पतालको सेवा लिन आउने सेवाग्राहीलाई सहजताको लागि टोकन प्रणाली सुरु भएको हो ।

बहिरंग सेवा(ओपिडी) को टिकट लिनको लागि अव लाईनमा बस्नुपर्ने बाध्यता अन्त्य भएको अस्पतालका सूचना अधिकृत लक्ष्मीराज रेग्मीले जानकारी दिनुभयो । विहान आठ बजे देखि वितरण हुने टोकन आफ्नो पालोमा बोलाएपछि काउन्टरमा शुल्क बुझाउन जानु पर्नेछ ।

गत वर्ष अस्पतालबाट करिव डेढ लाखले सेवा लिएको सूचना अधिकृत रेग्मीले जानकारी गराउनुभयो ।


वहिरंग बिभाग बन्द हुने
लुम्बिनी अञ्चल अस्पताल बुटवलले प्रत्येक आइतबार र बुधबार अर्थाेपेडिक, सोमवार र बिहीबार जनरल, मंगलबार स्त्री तथा प्रसूति र शुक्रबार नाक कान घाँटी बिभागको नियमित शल्यक्रिया हुने भएकोले यी दिन ती सेवाका वहिरंग बिभाग बन्द हुने अस्पतालले जनाएको छ ।