सिद्धार्थनगर सिटी बुटवलमा निःशुल्क डायलाइसिस सुरु

717

सिद्धार्थनगर सिटी बुटवलमा निःशुल्क डायलाइसिस सुरु

बुटवल, २६ पुस । मृर्गौला रोगीका लागि बुटवलमा निःशुल्क डायलाइसिस सेवा सुरु भएको छ । सिद्धार्थनगर सिटी हस्पिटल प्रालि बुटवल–८ मैत्रीपथले आजबाट निःशुल्क डायसलाइसिस सेवा सुरु गरेको हो ।

सेवाको रक्षामन्त्री बालकृष्ण खांणले उद्घाटन गर्नुभयो । सेवा शुभारम्भ कार्यक्रममा बोल्दै रक्षामन्त्री खांणले बिरामीले सहजरुपमा सेवा पाउनेमा आशाबादी रहेको बताउनुभयो । उहांले अब अस्पताल संचालन गर्नेहरुले आफ्नै हेलिप्याडको पनि ब्यबस्था गर्नुपर्ने उल्लेख गर्नुभयो ।

उक्त डायलाइसिस सेवा मृगौला रोग विषेषज्ञ तथा हस्पिटलका अध्यक्ष डा. सुवोधकुमार पाण्डेयको प्रत्यक्ष निगरानीमा गरिने छ । डा. पाण्डेय १२ वर्ष देखि मृगौला तथा डायलाइसिस क्षेत्रमा कार्यरत हुनु हुन्छ । स्वास्थ्य मन्त्रालयले देशभरका ४३ अस्पतालबाट निःशुल्क डायलाइसिस सेवा दिन निर्देशन दिएसंगै अस्पतालले उक्त सेवा सुरु गरेका हुन् ।