‘शैक्षिक गुणस्तर बृद्धिमा समुदायको विशेष चासो’

316

‘शैक्षिक गुणस्तर बृद्धिमा समुदायको विशेष चासो’

देवदह, २९ पुस । सामुदायिक बिद्यालयको स्तरबृद्धिको लागि सरोकारवाला निकायले ध्यान दिनुपर्ने देवदहमा आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । उनीहरुले शैक्षिक गुणस्तर बृद्धिमा समुदायले विशेष चासो दिनुपर्ने बताएका थिए ।

व्यास प्राथामिक बिद्यालय देवदहको २३ औ वार्षिकोत्सव तथा अभिभावक समारोहलाई सम्बोधन गर्दै उनीहरुले सो कुरा बताएका हुन् । कार्यक्रममा देवदह नगरपालिकाका योजना तथा शहरी बिकास शाखा प्रमुख ईन्जिनियर राजकुमार यादवले प्रतिस्पर्धाको युगमा उत्कृष्टता हासिल गर्न सामुदायिक बिद्यालयले गुणस्तर शिक्षामा विशेष पहल गर्नुपर्ने बताउनुभयो ।

बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष शिवप्रसाद ढकालको अध्यक्षतामा भएको कार्यक्रममा देवदह आर्दश बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख दुर्गादत्त शर्मा, प्रजापति गौतम प्र्राथामिक बिद्यालय प्रध्यानाध्यापक रामवरण यादव, सन्दिप प्राथामिक बिद्यालयका प्रध्यानाध्यापक चन्द्रकान्त अर्याल, कालिका प्राथमिक बिद्यालयका प्रध्यानाध्यापक तेजप्रसाद अर्याल लगायतले भनाई राख्नुभएको थियो ।

कार्यक्रममा बिद्यालयको बार्षिक प्रगति प्रतिवेदन बिद्यालयका प्रध्यानाध्यापक मिना ज्ञवालीले गर्नुभएको थियो । बिभिन्न रोचक नृत्यसहित भएको कार्यक्रममा बिद्यालयका शिक्षक हिमा रिजालकोे स्वागत र मिना ज्ञवालीको संचालनमा सम्पन्न भएको थियो ।

सोही अवसरमा बिद्यालयका भूतपुर्व प्रध्यानाध्यापक धुव्रप्रसाद न्यौपानेलाई दोसल्ला तथा फुलमालाले बिदाई पनि गरिएको थियो । कार्यक्रममा उहाले बिदाईको अवसर जुटेपनि बिद्यालयप्रति आफ्नो लगाव तथा माया रहि रहने बताउनुभयो । त्यसैगरी बिद्यालयमा देवदह सामुदायिक बिद्यालय प्रावि स्तर लोक नृत्य प्रतियोगिता पनि सम्पन्न भएको थियो ।

प्रतियोगितामा युगज्योति माध्यमिक बिद्यालय प्रथम, ब्यास प्राथमिक बिद्यालय द्धितिय, केरवानी माध्यमिक बिद्यालय तृतिय र देवदह माध्यमिक बिद्यालय सान्त्वना हुन सफल भएका छन् । प्रतियोगिताको निर्णय रेशम न्यौपाने, करुणा पौडेल र सुनिल थापाले गर्नुभएको थियो ।