
बुटवल, ६ माघ । एम्स कलेज बुटवलमा अनुसन्धान प्रतिवेदन लेखन अभिमुखिकरण सम्पन्न भएको छ । विष्लेषणात्मक एवं अनुसन्धानात्मक दक्षता अभिवृद्धि गर्न स्नातक तह वाणिज्य संकायका चौथो वर्षका विद्यार्थीहरुलाई तीन चरणमा प्रतिवेदन लेखन अभिमुखिकरण गरिएको हो ।
पहिलो चरणमा विद्यार्थिहरुलाई स्थलगत अध्ययन, तथ्यांड्ढ संकलन र विष्लेषण गर्न पाल्पाको दोभान गा.वि.स.को खुर्सानी गाँउमा लगिएको थियो । दोस्रो चरणमा डा. रामजी गौतम र डा. शम्भु कट्टेलले विषय बस्तुको पहिचान गरी विष्णेषणात्मक लेखनको संरचनाका बारेमा अभिमुखीकरण गर्नु भएको थियो ।
तेस्रो चरणको कार्यक्रममा अनुसन्धान प्रतिवेदन लेखन कार्यक्रमका सदस्यहरु उप– प्राध्यापक दीपक ढकाल, विकाश श्रेष्ठ, माधव कुमार पौडेल, दुर्गा भूषाल र सुरेश भूषालले समस्याको पहिचान, प्रस्ताव पत्र लेखन अनुसन्धान विधिको प्रयोग,तथ्याँड्ढ संकलन, उपलब्धिको प्रस्तुतिकरण आदि जस्ता विषयमा अभिमुखिकरण गर्नुभएको गरिएको थियो ।
स्नातक तहको पाठ्यक्रममा आधारित रहेर सम्पन्न कार्यक्रमको संयोजन सहायक क्याम्पस प्रमुख विकाश श्रेष्ठले गर्नु भएको थियो भने सहभागीहरुको तर्फवाट रेजना श्रष्ठ र सनिल गुप्ताले कार्यक्रम माथि पृष्ठोषण गरेका थिए । कलेजका प्रमुख दीपक ढकालको अध्यक्षता र एम्स एजुकेशन फाउण्डेशनका प्रबन्ध निर्देशक गोपाल प्रसाद न्यौपानेको प्रमुख आतित्थ्यतामा कार्यक्रम भएको हो ।