दीपमा खाजा महोत्सव

1.3K

दीपमा खाजा महोत्सव

बुटवल, ७ माघ । बुटवलको सुख्खानगरमा रहेको दीप बोर्डिङ्का बिद्यार्थीले आज खाजा महोत्सव गरेका छन् । बिद्यालय परिसरमा उक्त बिद्यालयमा अध्ययन गर्ने कक्षा ९ का बिद्यार्थीले खाजा महोत्सव गरेका हुन् ।

महोत्सवमा चाउमिन, मम, गुण, कफी, पपकर्न, बटुक, खीर, आईस क्रिम, कोदो तथा फापरको रोटी, छोईला लगायतका १२ स्टलमा बिद्यार्थीले बनाएका परिकारहरु राखिएको थियो । बिद्यालयका स्वास्थ्य जनसंख्या तथा वातावरण बिषय प्रमुख संयोजनमा सम्पन्न खाजा महोत्सवमा अभिभावक तथा बिद्यार्थीको उल्लेखनीय सहभागिता रहेको शिक्षक पुरुषोत्तम पाण्डेयले बताउनु भयो ।

बिद्यार्थीमा प्रयोगात्मक शिक्षा प्रदान गर्नकालागि रचनात्मक कार्यक्रम गर्न बिद्यार्थीलाई हौसला प्रदान गरिएको बिद्यालयका प्राचार्य टिकाराम न्यौपानेले बताउनु भयो । खाजा महोत्सवबाट मुनाफा आर्जन गरेको रकम बिद्यार्थीको कल्याणकारी काममा खर्चिने बिद्यालयले जनाएको छ ।