सिद्धेश्वरीमा व्यवस्थापन समिति गठन

1.3K

सिद्धेश्वरीमा व्यवस्थापन समिति गठन

बुटवल, ९ माघ । सिद्धेश्वरी लालकुमारी उच्च माध्यमिक विद्यालय बुटवलमा विद्यालय व्यवस्थापन समिति गठन भएको छ । विद्यालय परिसरमा आज भएको भेलावाट सर्बसम्मत रुपमा समिति चयन गरेको हो ।

सबपक्षिय सहमतिबाट भएको समितिमा तत्काल सदस्यहरु रहेका छन् पछि पदाधिकारी सहितको समिति विस्तार हुने भएको छ ।  अभिभावक भेलावाट खेमराज भट्टराई, इन्दु बमरेल, विष्णु तिवारी र श्रृजना अर्याल रहेका छन् ।

विद्यालयका प्राचार्य गोपीकृष्ण भण्डारीको अध्यक्षता तथा विद्यालय निरीक्षक हरि अर्यालको आतिथ्यतामा कार्यक्रम भएको हो । सो अवसरमा ज्ञानोदय मावीका टिकाराम शर्मा पौडेल, उद्योगी वोनिन पिया, एमाले जिल्ला सदस्य ऋषि पाण्डे, सोभिराम रेउले, नारायणवावु बस्नेत, पुर्णचन्द्र पाण्डे, कृष्ण प्रसाद ज्ञवाली, सोमनाथ गिरी, दिनानाथ गिरी  लगायतले बोल्दै नयां निर्वाचित सदस्यहरुलाई बधाई तथा सफलताको कामना गरेका थिए ।